वालिङ उद्योग वाणिज्य संघले मनायो २४औँ स्थापना दिवश
वालिङ, ७ पुस – वालिङ उद्योग वाणिज्य संघ २४औँ वर्षमा प्रवेश गरेको छ । संघको २४औँ स्थापना दिवसका अवसरमा मंगलबार संघको सचिवालयमा ‘उद्योग व्यवसायको वर्तमान अवस्था संभावना र चुनौती’ विषयक अन्र्तक्रिया सम्पन्न भएको छ ।
कार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारीले वालिङ उद्योग वाणिज्य संघ र नगरपालिका एकआपसमा पारस्पारिक सम्बन्धका साथ अगाडि बढिरहेको भन्दै यसलाई निरन्तरता दिने बताउनुभयो । उद्योगी व्यवसायी तथा जोकोहीलाई पनि सिप आवश्यक परेमा नगरपालिकाले प्रदान गर्ने उपप्रमुख तिवारीले बताउनुभयो ।
उपप्रमुख तिवारीले भन्नुभयो, ‘यदि उद्योगी व्यवसायीले आफ्नो व्यवसायलाई थप अगाडि बनाउनका लागि सिपको आवश्यक प¥यो वा अन्य नागरिकलाई पनि सिप लिएर आत्मनिर्भर बन्न चाहानुहुन्छ भने नगरपालिकाले सिप सिकाउँछ ।’ सिप सिकेर उद्यमी बन्नका लागि आवश्यक अन्य सहयोग समेत गर्न तयार रहेको भन्दै सिपको उपयोग हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली, संघका पुर्व अध्यक्ष ल्या. यामबहादुर गुरुङ, सल्लाहकारहरु भरत बगाले, कर्णबहादुर श्रेष्ठ, संस्पाक अध्यक्षकी धर्मपत्नी धनकुमारी कर्माचार्य, प्रेस युनियनका निवर्तमान अध्यक्ष श्रीकृष्ण सिग्देल, घरेलु तथा साना उद्योग विकास कार्यालयका कृष्ण लम्साल, महिला उद्यमी विकास समिति अध्यक्ष कविता भुषाल, पुस्तक तथा स्टेशनरीको तर्फबाट युवराज गौतम, विमा समितिबाट शंकर सुवेदी, माछापुछ्रे बैंकका वालिङ साखा प्रमुख खेमनारायण काफ्लेलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
वक्ताहरुले संघका अध्यक्ष शोभाकान्त पौडेल केन्द्रिय सदस्यमा निर्वाचित भएसंगै वालिङका उद्योगी व्यवसायीको समस्या केन्द्रमा पुग्ने समग्र यहाँको विकासका निमित्त महत्वपुर्ण भुमिका हुने अपेक्षा गरेका छन् ।
कार्यक्रम संघका अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष गिरमान गुरुङ र सञ्चालन महासचिव केशरबहादुर खांण धु्रवले गर्नुभएको थियो ।
संघले २४औँ वर्षसम्म निरन्तर उद्योगी व्यवसायीको हकहित, आम नागरिकको जिविकोपार्जनमा निरन्तर भुमिका खेल्दै आएको छ भने वालिङमा नापीमालपोत कार्यालय ल्याउने, विद्युत महशुल घटाउने, कर र यातायात कार्यालय वालिङमा स्थापना गर्नुपर्छ भन्ने पक्षमा समेत भुमिका खेल्दै आएको छ ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















