पहिरोले परिवार सहित घरबास गुमाएकी मनिषाको संरक्षणको जिम्मा एसओएसले लियो

वालिङ, ५ पुस– पहिरोले परिवारका नौ सदस्यसहित घरबास गुमाएर सहाराबिहीन बन्न पुगेकी वालिङ नगरपालिका १४ की मनिषा नेपालीको संरक्षणको जिम्मा एसओएस बालग्राम पोखराले लिएको छ ।घर, परिवार गुमाएकी मनिषालाई बालग्राममा भर्ना गरि पारिवारिक वातावरणमा लालनपालन र शिक्षादिक्षा दिई आत्मनिर्भर बनाएर समाजमा पुनःस्थापित गर्ने उद्देश्यसहित जिम्मा लिएको एसओएस बालग्राम पोखराका बाल संरक्षण स्रोतब्यक्ति एवं बरिष्ठ परामर्शकर्ता सुमन बरालले बताउनुभयो ।
“मनिषाले परिवारका सबै सदस्य गुमाउनुभएको छ त्यसको पीडाले उहाँलाई विक्षिप्त बनाएको छ” स्रोतब्यक्ति बरालले भन्नुभयो, “उहाँलाई अब मनोसामाजिक परामर्शको आवश्यकता पर्ने भएकाले सोही अनुसारको परामर्श गरी उपयुक्त पारिवारिक वातावरणको सिर्जना गर्छौ ।”
मनिषाको शिक्षा दिक्षा, स्वास्थ्योपचार, लालनपालन लगायतको जिम्मा लिएको एसओएसले अब कक्षा ११ मा विज्ञान विषय अध्ययनका लागि त्यहीँ नै ब्यवस्थापन गरिने र अन्य विषय अध्ययन गर्न चाहेमा अन्य विद्यालयमा भर्ना गर्ने स्रोतब्यक्ति बरालले बताउनुभयो ।
विश्वभर एक सय ३६ राष्ट्रहरुमा स्थापित एसओएस बालग्राम नेपालमा हाल नौ वटा रहेका छन् । पोखरामा सञ्चालनमा रहेको बालग्राममा हाल आफ्ना अभिभावक गुमाएर असहाय बनेका एक सय ४१ जना बालबालिकाहरु रहेका छन् ।
गत असोज ८ गते बिहान घरमाथिबाट आएको पहिरोले घर पुरिदा एकैघरका नौ ज्यान गएको थियोभने मनिषालाई जीवितै उद्दार गरिएको थियो ।
पीडित मनिषाको संरक्षणको जिम्मा लिएर उहाँको भविष्य निर्माणका लागि एसओएसले खेलेको भूमिकाप्रति वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले आभार ब्यक्त गर्नुभएको छ । नगर प्रमुख खाँणको रोहबरमा मनिषाको संरक्षकमा बालग्राम रहने छ भने अभिभावककोरुपमा दाजु भोजराज परियार र माईजु गीता नेपाली रहनुभएको छ ।
“जे नहुनु थियो भयो अब त्यसबाट पाठ सिकेर समस्याभित्र समाधान खोज्दै अगाडि बढ्नुपर्छ” नगर प्रमुख खाँणले भन्नुभयो, “अब उहाँको शिक्षा दिक्षा, लालनपालन, औषधि उपचार लगायतका सेवा सुविधाहरु एसओएसले उपलब्ध गराउने छ ।”
परिवारका सबै सदस्य गुमाएर विक्षिप्त बन्नुभएकी मनिषालाई लगनशील र मेहेनतका लागि अध्ययन गर्नका लागि सुझाव दिनुहुँदै प्रमुख खाँणले भन्नुभयो, “भोलि आफ्नै खुट्टामा उभिन सक्नेगरी आत्मनिर्भर बन्नका लागि सहयोग पुग्ने छ ।”
परिवारका नौ जना सदस्य गुमाएकी मनिषा तथा दाजु भोजराजलाई आवास निर्माणका लागि जग्गाको खोजी भईरहेको प्रमुख खाँणले बताउनुभयो । मनिषा तथा दाई भोजराजका लागि रोजगारीको अवसर सिर्जना गरिदिने प्रमुख खाँणले बताउनुभयो ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal