उपचारका लागि संकलन भएको झण्डै दश लाख हस्तान्तरण
तोलाकान्त बगाले
वालिङ, ५ पुस– नेपाली फुटबलको २३ वर्ष मुनीको राष्ट्रिय टिमका खेलाडी विश्वास श्रेष्ठको बुवाको उपचारका लागि रकम संकलन गरी हस्तान्तरण गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य एवं वालिङ नगर खेलकुद समितिका संयोजक लालबहादुर ज्वारचनको संयोजकत्वमा संकलन गरिएको रु. नौ लाख ९१ हजार ४०३ नगद बुवा रुपनारायण श्रेष्ठको उपचाकारका लागि छोरा विश्वासलाई हस्तान्तरण गरिएको हो ।
राष्ट्रिय खेलाडी विश्वासको बुवाको उपचारका क्रममा भएको रकम सकिंदै गएको र आर्थिक अवस्था कमजोर हुँदै गएकाले रकम संकलन अभियान सञ्चालन गरिएको संयोजक ज्वारचनले बताउनुभयो ।
“विश्वासको बुवा रुपनारायणको उपचारका लागि हालसम्म झण्डै रु. ३५ लाख खर्च भईसकेकाले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्छ भन्ने मानवीयता नाताले रकम संकलन अभियान चलायौं” संयोजक ज्वारचनले भन्नुभयो, “हामीले चलाएको अभियानमा देश तथा विदेशबाट राम्रो सहयोग प्राप्त भयो, सहयोगी मनहरुप्रति आभार ब्यक्त गर्दछौं ।”
आर्थिक संकलन अभियान अन्तर्गत पहिलो चरणमा वालिङ नगरपालिकाभित्र घरदैलोबाट रु. चार लाख ३३ हजार ८०, विदेशबाट सहयोग प्राप्त रु. तीन लाख ९१ हजार ७८३, वालिङ बाहिर स्वदेशबाट रु. एकलाख ६१ हजार ५४० र गोल नेपालबाट रु. १० हजार प्राप्त भएको र उक्त रकम हस्तान्तरण गरिएको वालिङ फुटबल क्लबका उपाध्यक्ष मोतीलाल कुँवरले बताउनुभयो ।
रकम संकलनको क्रम जारि रहेकाले आगामी दिनमा पनि संकलित रकम हस्तान्तरण गर्दै लगिने प्रतिबद्धता फुटबल क्लबका सचिव केशरबहादुर थापा (राजन)ले बताउनुभयो ।
खेलसँग सम्बन्धित खेलप्रेमी तथा खेलाडीहरुले सहयोग गर्ने प्रतिबद्धताहरु जनाउँदै चासो ब्यक्त गर्नुभएकाले पनि सहयोग रकम बढ्दै जाने वालिङ फुटबल क्लबका सदस्य एवं खेलाडी लक्ष्मण रुचालले बताउनुभयो ।
वालिङ ८ स्थायी घर भएका श्रेष्ठको घर निर्माणका क्रममा हाईटेन्सन तारमा छोईएर करेन्ट लाग्दा शरीरको करीब आधा भाग जलेको छ भने चार तलामाथिबाट खस्दा देब्रे खुट्टा भाँचिएको छ । एक महीना अघि मङ्सिर ४ गते गम्भीर घाईते भएका श्रेष्ठलाई उपचारका लागि हेलिकोप्टरमार्फत ग्राण्डी अस्पताल काठमाडौं लगिएको र अस्पतालमा उपचार भईरहेको छोरा विश्वासले जानकारी दिनुभयो ।
ताजा
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा
२०८३ जेष्ठ ५ गते, मंगलवार
नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
२०८३ जेष्ठ ५ गते, मंगलवार
फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’
२०८३ जेष्ठ ३ गते, आईतवार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार





















