किसानले उत्पादन गरेका वस्तको जिम्मा नगरपाले लिन्छ ः नगरप्रमुख अधिकारी
गल्याङ, ४ पुस– गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले नगरपालिका भित्र उत्पादित कृषि उपजको विकृवितरण जिम्मा नगरपालिकाले लिने बताउनुभएको छ । गल्याङ नगरपालिका ५ सेतीवेणीमा शनिबार भएको निमुवाखर्क बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक उत्सव तथा साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले किसानले उत्पादान गरेका कृषि उपज फाल्नुपर्ने अवस्था आउनदिने बताउनुभयो ।

नगरप्रमुख अधिकारीले भन्नुभयो, ‘सबै बजेट कटाएर भए पनि कृषकको उत्पादन नगरपालिका आफैले व्यवस्थापन गर्नेछ । तपाईहरु ढुक्कले उत्पादनमा लाग्नुहोस् ।’ उहाँले सेतीवेणी, मोहनडाँडा, निबुवा हुँदै गल्याङ आउने बाटो कृषकहरुले दुध र तरकारी उत्पादन गर्न सकेमा दैनिक रुपमा गल्याङमा ढुवानी गर्न नगरपालिकाले सवारीसाधनको व्यवस्थापन गर्ने बताउनुभयो । उहाँले दैनिक पाँच सय लिटर दुध उत्पादन गर्ने योजना बनाएर लाग्न संस्थालाई आग्रह गर्नुभयो । दुग्ध विकास संस्थानले तोकेको दर रेटमा प्रतिलिटर १५ रुपैयाँको अनुदानको व्यवस्थालाई सदुपयोग गर्न नगरप्रमुख अधिकारीले आग्रह गर्नुभयो ।
किसानमा उत्साह आए मात्रै विकास सम्भव हुने भएकाले आफुले कृषिलाई विशेष प्राथमिकतामा राखेको उहाँको भनाई छ ।
नगरप्रमुख अधिकारीले सेतिवेणी शिलामा सञ्चालित गुरुकुलका लागि तत्काल एक लाख रुपैयाँ अनुदानको व्यवस्था गर्ने र बाँकी आवश्यक सहयोग पनि गर्दै जाने प्रतिबद्वता जनाउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका ५ का अध्यक्ष विष्णुबहादुर क्षेत्री बस्यालले स्थानीय जनताको विकासका कार्यमा वडा लागिरहेको बताउनुभयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















