बाल कविता: रूख
लक्ष्मी रेग्मी खनाल
सानो सानो विरूवा बढ्दै ठूलो हुने।
हुन्छ अरे !लक्ष्य तिम्रो आकाशलाई छुने ॥
छहारी बन्छौ तिमी घाम पानी पर्दा ।
रूप तिम्रो हराउँछ है ! पातहरू झर्दा ॥
[ १ ]
पात तिम्रो पतै हुने, दाउरा आगो बाल्नी ।
कहिले फूल्छौ , कहिले फल्छौ कामै तिम्रो पाल्नी ॥
सानो भए झार , बुट्यान , ठूलो भए रूख ।
तिम्रो छहारीमा बसी मान्छे , बाँड्छन दु:ख सुख ॥
[२]
ठूला ठूला रूख हुने पिपल , समी , वर ।
तिम्रै काठ आवश्यक छन् बनाउनलाई घर ॥
टेबल कुर्सी दराज पलङ , बन्छ तिमीबाटै ।
जन्मे सेक्ने मरे पोल्ने , तिमी जान्छौ घाटै ॥
[ ३ ]
अक्सिजन दिन्छौ तिमी , कार्बनडाइअक्साइड सोसी ।
तिम्रै संरक्षण गर्न मान्छे , गर्दैन केही खोजी ॥
आमाले झैँ सधैं साथ , दिन्छौ तिमी धेरै ।
तिम्रो संरक्षण गर्नु पहिलो , कर्तव्य हो मेरै ॥
[ ४ ]
- लक्ष्मी रेग्मी खनाल
वालिङ नगरपालिका – १४
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















