दलित बस्तीमा खानेपानीको समस्या
कला राना
स्याङ्जा, ३ पुस – अर्जुनचौपारी गाउँपालिका २ को दलितबस्तीमा खानेपानीको समस्या रहेको छ । सरकारले एक घर एक घरमा धाराको अभियान अगाडि बढाएपनि भक्तिकोटकोटका दलित समुदायले भने लामो समयदेखि खानेपानीका लागि सास्ती बेर्होदै आएका छन् ।
भक्तिकोटमा रहेका १९ घरधुरीले वर्षौदेखि खानेपानीको अभाब झेल्दै आएको ४० वर्षिय कमला नेपालीले बताउनुयो । नेपालीले भन्नुभयो, ‘२३ वर्ष पहिला बिवाह गरेर यहाँ आएकी थिएँ । खानेपानीको समस्या अहिलेपनि उस्तै छ । पानीको जोहो गर्नकै लागि हरेक दिन आधा समय विताउनुपर्छ ।’
घरदेखि तल लामडाडाँमा रहेको एक धाराबाट गाउँले सबैले खानेपानीको ब्यवस्था गर्नु परेको नेपालीले बताउभुयो । बिहान सबेरै उठेर पानीको लागि लाइनमा बस्नुपर्ने बताउदै नेपालीले भन्नुभयो, ‘कहिलेकाँही त पानीको जोहो गर्दा नै दिन बित्छ ।’ दलित बस्तीका बालबालिकाहरु समेत पानीकै जोहो गर्दा पढाई नै छाड्नुपर्ने अवस्था रहेको छ ।
गाउँका विद्यार्थीहरुले विहान विद्यालय जाँदा नै गाग्री लिएर जाने र धारामा छाड्ने विद्यालयबाट घर फर्किदा पानी लिएर आउने गर्दछन् । विद्यार्थी स्मारिका नेपालीले पानीको समस्याले घरबाट विद्यालय जादा गाग्री संगै लिएर जाने र फर्किदा पानी लिएर आउने गरेको बताउनुभयो ।
पानीको मुल नहुदाँ खानेपानीको समस्या भएको वडा अध्यक्ष क्या लाल बहादुर गुरुङ्ले बताउनुभयो । दुई वर्ष पहिला १५ हजार लिटरको ट्याङ्की निर्माण गरे पनि पानीको लागि स्रोत नहुदाँ बनेको ट्याङकीमा पानी संकलन गर्न नसकिएको बताउनुभयो । खानेपानीको स्रोत खोजेर गाउँपालिका र प्रदेश सरकार सगँ लिफ्टिङ खानेपानी आयोजनाको माग गरेको अध्यक्ष गुरुङले बताउनुभयो ।
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















