राष्ट्रिय युवा संघद्वारा विद्यालयमा मास्क र सेनिटाइजर वितरण


स्याङ्जा, १ पुस– राष्ट्रिय युवा संघ अर्जुनचौपारी गाउँ कमिटीले गाउँपालिका भीत्ररहेका सामुदायीक विद्यालयहरुमा मास्क र सेनिटाइजर वितरण वितरण गरेको छ । पालिका भीत्ररहेका सामुदायीक विद्यालयहरुमा मास्क र सेनिटाइजर वितरण गर्ने अभियान सञ्चालन गरेको युवा संघले बुधबार १ नम्बर वडाको पञ्चकन्या माध्यामिक विद्यालय र ६ नम्बर वडाका ४ विद्यालयमा वितरण गरिएको युवा संघले जनाएको छ ।
कोरोना भाइरस (कोभिड १९) बाट विद्यालय क्षेत्र बढि जोखिममा रहेकोले विद्यार्थी एवं शिक्षकको स्वास्थ्यलाई मध्यनजर राखेर विद्यालयहरुमा मास्क र सेनिटाइजर वितरण गर्ने अभियान सञ्चालन गरिएको राष्ट्रिय युवा संघ अर्जुनचौपारी गाउँ कमिटीका सहसंयोजक गणेस प्रसाद पौडेलले बताउनुभयो ।
विद्यालयमा कोरोना संक्रमणको बढि जोखिम भएकोले बिभिन्न ब्याक्तिहरु संग सहयोग जुटाएर अभियान सञ्चालन गरेको सहसंयोजक पौडेलले जानकारी दिनुभयो । बुधबार ५ वटा विद्यालयमा वितरण गरिएको माक्स सेनिटाइजर युवा संघका सदस्य तथा समाजसेवी कृष्ण प्रसाद सुवेदीले उपलब्ध गराउनुभएको र अन्य विद्यालयहरुमा पनि वितरण गर्ने तयारी भएको राष्ट्रिय युवा संघ अर्जुनचौपारी गाउँ कमिटीले जनाएको छ ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal