राष्ट्रिय युवा संघद्वारा विद्यालयमा मास्क र सेनिटाइजर वितरण


स्याङ्जा, १ पुस– राष्ट्रिय युवा संघ अर्जुनचौपारी गाउँ कमिटीले गाउँपालिका भीत्ररहेका सामुदायीक विद्यालयहरुमा मास्क र सेनिटाइजर वितरण वितरण गरेको छ । पालिका भीत्ररहेका सामुदायीक विद्यालयहरुमा मास्क र सेनिटाइजर वितरण गर्ने अभियान सञ्चालन गरेको युवा संघले बुधबार १ नम्बर वडाको पञ्चकन्या माध्यामिक विद्यालय र ६ नम्बर वडाका ४ विद्यालयमा वितरण गरिएको युवा संघले जनाएको छ ।
कोरोना भाइरस (कोभिड १९) बाट विद्यालय क्षेत्र बढि जोखिममा रहेकोले विद्यार्थी एवं शिक्षकको स्वास्थ्यलाई मध्यनजर राखेर विद्यालयहरुमा मास्क र सेनिटाइजर वितरण गर्ने अभियान सञ्चालन गरिएको राष्ट्रिय युवा संघ अर्जुनचौपारी गाउँ कमिटीका सहसंयोजक गणेस प्रसाद पौडेलले बताउनुभयो ।
विद्यालयमा कोरोना संक्रमणको बढि जोखिम भएकोले बिभिन्न ब्याक्तिहरु संग सहयोग जुटाएर अभियान सञ्चालन गरेको सहसंयोजक पौडेलले जानकारी दिनुभयो । बुधबार ५ वटा विद्यालयमा वितरण गरिएको माक्स सेनिटाइजर युवा संघका सदस्य तथा समाजसेवी कृष्ण प्रसाद सुवेदीले उपलब्ध गराउनुभएको र अन्य विद्यालयहरुमा पनि वितरण गर्ने तयारी भएको राष्ट्रिय युवा संघ अर्जुनचौपारी गाउँ कमिटीले जनाएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal