कृषकलाई टनेल वितरण
वालिङ,१ पुस– वालिङ नगरपालिका ११ ले कृषकहरुलाई टनेल वितरण गरेको छ । वडा कार्यालय डौँवामा अयोजित टनेल वितरण कार्यक्रममा बोल्दै वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारीले व्यवसायिक तरिकाले कृषि कार्यमा लाग्न आग्रह गर्नुभयो ।
उपप्रमुख तिवारीले कृषिको व्यवसायीकरण विना कृषकको स्तरवृद्धि हुन नसक्ने भन्दै व्यवसायीक रुपमा काम गर्ने कृषकलाई नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । उपप्रमुख तिवारीले भन्नुभयो, ‘माटो हावापानी सुहाँउदो कृषिप्रणालीमा लाग्नुहोस आवश्यक सहयोग गर्न नगरपालिका तयार छ ।’ कृषकले उत्पादन गरेको वस्तुका बजारीकरणको जिम्मा समेत नगरपालिकाले लिने तिवारीले बताउनुभयो ।
कृषकका उत्पादनले बजार नपाएर कुहाउनुपर्ने अवस्थाको सृजना नहुँने भन्दै उपप्रमुख तिवारीले कृषकलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमले टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा १ नम्बर वडाका अध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्ले र सामाजिक विकास अधिकृत पदमपाणी पाण्डेले सामुहिक रुपमा कृषिमा लाग्दा काममा सहज हुने भन्दै व्यवसायिक ढंगबाट अगाडि बढ्न आग्रह गर्नुभयो । वडा अध्यक्ष बसन्त मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वडा सदस्य चोलाकान्त पौडेल र सञ्चालन नगेन्द्र पराजुलीले गर्नुभएको थियो । १९ हप्ते आईपिएम कृषि पाठशालामा सहभागि ३० जना कृषकहरुलाई टनेल वितरण गरिएको हो । आईपिएम कृषक पाठशालमा सहभागी कृषकहरुले टमार र अकबरे खुर्सानी उत्पादन गर्दै आएकाछन् ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















