फेदीखोला गाउँपालिकामा एक घर एक धारा अभियान, ठुलोधारा लिफ्टिङ्ग खानेपानी योजनाको शिलन्यास

By: कला राना

कला राना
स्याङ्जा, २८ मंसिर, फेदीखोला गाउँपालिकामा ठुलोधारा लिफ्टिङ्ग खानेपानी योजनाको शिलन्यास गरिएको छ । फेदीखोला २ को तल्लो कुँडुलेमा संघिय सांसद नारायणप्रसाद मरासिनीले सो खानेपानी आयोजनाको आज शिलन्यास गर्नुभएको हो ।
खानेपानी आयोजनाको शिलन्यासको अवसरमा बोल्दै सांसद मरासिनीले विकास निर्माण गरी यहाँका नागरिकको जिवनस्तर उकास्नका निमित्त पालिकाले खेलेको भुमिका प्रशंसनीय रहेको बताउनुभयो ।
सांसद मरासिनीले सरकारले नागरिकका आधारभूत आवश्यकताहरुलाई पुरा गर्दै लैजाने बताउदै खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता परिपुर्तिका लागि सरकार लागिपरेको बताउनुभयो । रु एक करोड दश लाखको लागतमा सम्पन्न हुने आयोजना एक वर्षमा सम्पन्न गर्ने सम्झौता गरिएपनि योजना निर्माण कम्पनीले ४ महिनामै सक्ने प्रतिवद्धता जनाएको पालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।

नमुना कृषि गाउँको रुपमा विकास भएको कुँडुलेका ८३ घरधुरी यस योजनाबाट लाभान्वित हुनेछन् । सात सय मिटर तलको मुहानबाट पानी लिफ्टििङ गरेर टयाङकीमा संकलन गर्ने र प्रत्ये स्थानीय बासिन्दाको घर घरमा धारा पु¥याईने अध्यक्ष सुवेदीले बताउनुभयो । सोही योजनाबाट त्यहाँका कृषकले सिंचाईसुविधा समेत पाँउनेछन् ।

स्वच्छ एवम शुद्ध पिउने पानी जनताको मौलिक हक भीत्र नै पर्ने भन्दै पालिकाका सबैको घरमा एक धारा मार्फत गुणस्तरीय पिउने पानीको व्यवस्था छिट्टै मिलाउने अध्यक्ष सुवेदीले बताउनुभयो । ठुलोधारा लिफ्टिङ्ग खानेपानी योजनका अध्यक्ष दीपेन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देवी थापा, वडा नं. १ का वडाध्यक्ष खिमबहादुर क्षेत्रीले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन मुख्यमन्त्री वातावरण मैत्री नमुना कृषी गाउँका अध्यक्ष विष्णु सुवेदीले गर्नुभएको थियो । यसै बिच सांसद मरासिनीले आजै वडा नं. २ मा रहेको सिद्धार्थ माविको भवन समेत शिलन्यास गर्नुभएको छ । रु एक करोड ३८ लाखको लागतमा निर्माण सम्पन्न हुने विद्यालयको भवन तिन तलाको ९ कोठे हुनेछ् ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal