विदेशी पेन्सन पाउने नेपाली नागरिकहरुलाई पनि वृद्ध भत्ता
काठमाडौं, २८ मंसिर, आगामी महिनादेखि विदेशमा जागिर खाएर पेन्सन लिएर बस्ने नेपाली नागरिकहरुले पनि वृद्ध भत्ता पाउने भएका छन् । सरकारले सामाजिक सुरक्षा ऐन, २०७५ लाई अध्यादेश मार्फत् संशोधन गरी विदेशमा काम गरेको आधारमा पेन्सन बुझ्दै आएका नेपालीहरुलाई पनि बृद्ध भत्ता दिने व्यवस्था गरेको हो ।
२०७५ अघि सामाजिक सुरक्षा ऐनमा विदेशमा जागिर खाएका पेन्सन प्राप्त नेपालीहरुले पनि पेन्सन पाउने व्यवस्था थियो। तर २०७५ सालमा व्यवस्थापिका संसदले विदेशी पेन्सन प्राप्त व्यक्तिहरुको सामाजिक अवस्था राम्रो हुने भन्दै उनीहरुलाई बृद्ध भत्ता सुविधाबाट हटाएको थियो। अहिले सरकारले पुनः उनीहरुलाई पनि पेन्सन पाउने श्रेणीमा थपेको छ । आफुहरुले पाउदै आएको भत्ता एकाएक कटौती भएपछि विदेशी पेन्सन खाने जेष्ठ नागरिकहरुले राज्यले दिने सेवासुविधा पाउनुपर्ने माग गर्दै आएका थिए ।
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















