फेदीखोला गाउँपालिकामा एक घर एक धारा अभियान, ठुलोधारा लिफ्टिङ्ग खानेपानी योजनाको शिलन्यास

By: कला राना

कला राना
स्याङ्जा, २८ मंसिर, फेदीखोला गाउँपालिकामा ठुलोधारा लिफ्टिङ्ग खानेपानी योजनाको शिलन्यास गरिएको छ । फेदीखोला २ को तल्लो कुँडुलेमा संघिय सांसद नारायणप्रसाद मरासिनीले सो खानेपानी आयोजनाको आज शिलन्यास गर्नुभएको हो ।
खानेपानी आयोजनाको शिलन्यासको अवसरमा बोल्दै सांसद मरासिनीले विकास निर्माण गरी यहाँका नागरिकको जिवनस्तर उकास्नका निमित्त पालिकाले खेलेको भुमिका प्रशंसनीय रहेको बताउनुभयो ।
सांसद मरासिनीले सरकारले नागरिकका आधारभूत आवश्यकताहरुलाई पुरा गर्दै लैजाने बताउदै खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता परिपुर्तिका लागि सरकार लागिपरेको बताउनुभयो । रु एक करोड दश लाखको लागतमा सम्पन्न हुने आयोजना एक वर्षमा सम्पन्न गर्ने सम्झौता गरिएपनि योजना निर्माण कम्पनीले ४ महिनामै सक्ने प्रतिवद्धता जनाएको पालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।

नमुना कृषि गाउँको रुपमा विकास भएको कुँडुलेका ८३ घरधुरी यस योजनाबाट लाभान्वित हुनेछन् । सात सय मिटर तलको मुहानबाट पानी लिफ्टििङ गरेर टयाङकीमा संकलन गर्ने र प्रत्ये स्थानीय बासिन्दाको घर घरमा धारा पु¥याईने अध्यक्ष सुवेदीले बताउनुभयो । सोही योजनाबाट त्यहाँका कृषकले सिंचाईसुविधा समेत पाँउनेछन् ।

स्वच्छ एवम शुद्ध पिउने पानी जनताको मौलिक हक भीत्र नै पर्ने भन्दै पालिकाका सबैको घरमा एक धारा मार्फत गुणस्तरीय पिउने पानीको व्यवस्था छिट्टै मिलाउने अध्यक्ष सुवेदीले बताउनुभयो । ठुलोधारा लिफ्टिङ्ग खानेपानी योजनका अध्यक्ष दीपेन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देवी थापा, वडा नं. १ का वडाध्यक्ष खिमबहादुर क्षेत्रीले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन मुख्यमन्त्री वातावरण मैत्री नमुना कृषी गाउँका अध्यक्ष विष्णु सुवेदीले गर्नुभएको थियो । यसै बिच सांसद मरासिनीले आजै वडा नं. २ मा रहेको सिद्धार्थ माविको भवन समेत शिलन्यास गर्नुभएको छ । रु एक करोड ३८ लाखको लागतमा निर्माण सम्पन्न हुने विद्यालयको भवन तिन तलाको ९ कोठे हुनेछ् ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal