कालिगण्डकी छापदेखि दब्छेसम्मको सडक कालोपत्रे हुने
स्याङ्जा २८ मंसिर, कालीगण्डकी गाउँपालिकाको छापदेखि दब्छे सम्मको सडक कालोपत्रे हुने भएको छ । पहिलो पटक स्थानीय सरकारको लगानीमा पालिका भित्र कालोपत्रे हुन लागेको हो । छाप देखि दब्छे सम्म ३ किलोमिटर कालोपत्रे सडकको शिलन्यास गर्दै गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले गाँउपालिकाको लगानीमा दोस्रो ठुलो परियोजनाको रुपमा सडक कालोपत्रे गर्न लागिएको बताउनुभयो ।
सडकनै पहिलो विकासको पुर्वधार भएको भन्दै अध्यक्ष थापाले भन्नुभयो, ‘सकड पुर्वाधार भएपछि अन्य विकासका लागि सहज हुनेछ, भने यहाँका नागरिकले उत्पादन गरेका उत्पादानहरु बजारीकरण गर्न सहयोग पुग्नेछ ।’ सो सडकले गण्डकी प्रदेश र लुम्बीनी प्रदेश गरि दुई प्रदेशलाई जोड्ने भएकोले यो सडकलाई नमुना सडकको रुपमा लिईएको उहाँले बताउनुभयो । आफ्नो कार्यकाल भरि सबै वडाहरुमा पिच सडक पु¥याउने अभियानमा रहेको अध्यक्ष थापाले बताउनुभयो ।
एक घर एक खानेपानीको धारा अभियानका साथ पालिका अगाडि बढेको भन्दै अध्यक्ष थापाले भन्नुभयो, ‘दुई हजार घरधुरी खानेपानीको सहज पहुँचमा बृद्धिहुदैछ । पालिकालाई पर्यटकीय हबको रुपमा विकास गर्न रानीमहललाई समेत देखिनेगरी स्वीमिङ पुल सहितको पार्क लगायत अन्य पर्यटकलाई आकर्षीत गर्ने संरचनाहरुको निर्माण गर्ने उद्देश्यका साथ हामी अगाडि बढेका छौँ ।’
गाउँपालिका र सि एम—बि एण्ड बिजेभी काठमाडौँ बिच २०७७ असार २५ गते सम्झौता भएको सम्झौता अनुसार १५ महिना भित्र सडक निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सबित्रा कोईरालाले जनप्रतिनिधि जनताको सेवामा हरबखत लागिपरेको भन्दै वर्षातमा हिलो र हिउँदको धुलोबाट नागरिकले मुक्ति पाउने बताउनुभयो ।
कार्यक्रममा नेकपा गाउँपालिका अध्यक्ष कृष्ण लामिछाने, वडा नं. ६ का अध्यक्ष लिलाबल्लौ अधिकारी लगाएतले बोल्नुभएको थियो ।
प्रीमीक्स कार्पेटिङ प्रविधिमा आधरित उक्त सडक निर्माणको सम्झौता भएको १५ महिनामा सम्पन्न गर्नुपर्ने इन्जिनियर सागर आचार्यले बताउनुभयो । मिर्मि —धारापनी पिच सम्पन्न भएको छ भने धारापानी —ओईगा रानीघाट यो आर्थिक वर्ष भित्र कालोपत्रेको काम सम्पन्न हुने पालिकाले जनाएको छ । त्यसैगरि ओइगा देखि रिँडी कालोपत्रे अन्तिम अवस्थामा रहेको छ भने गहलाम —बनकसी—खहरे टेण्डरको प्रकृयामा रहेको र गहलाम —घरीपोखरा—देउरालीको पनि कालोपत्रेको तयारीमा रहेको आचार्यले बताउनुभयो ।
संघीय सरकारको समपुरक कोष अन्तर्गत ३ करोड ७ लाखको लागत र कालिगण्डकी गाउँपालिकाको ३ करोड ९ लाखको साझेदारी कार्यक्रममा कालोपत्रे हुने भएको हो । यसअघी सिद्धार्थ राजमार्गको जिरो देखि मिर्मीसम्म १७ किलोमिटर सकड कालिगण्डकी जलबिद्युत्त आयोजनाले कालोपत्रे गरेको थियो ।
ताजा
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा
२०८३ जेष्ठ ५ गते, मंगलवार
नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
२०८३ जेष्ठ ५ गते, मंगलवार
फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’
२०८३ जेष्ठ ३ गते, आईतवार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार





















