स्थानिय उत्पादनको वजारीकरण गर्न डोकोमार्टको औपचारिक शुभारम्भ
सुशान घिमिरे
पोखरा, २७ मंसिर, अनलाइन इकर्मस डोकोमार्टको औपचारिक शुभारम्भ भएको छ ।
डोकोमार्टको शुभारम्भ गर्दै गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले स्थानिय उत्पादनहरुलाई टेवा पुर्याउने र बजारीकरण गर्ने उद्धेश्यले संचालनमा आएको डोकोमार्ट आर्थिक समृद्धीको लक्ष्यलाई प्राप्त गर्ने यात्रामा सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो।
‘किसानका उत्पादनहरुलाई वजारीकरण गर्दा आर्थिक समृद्धीको लक्ष्यलाई प्राप्त गर्ने यात्रामा सहयोगी बन्ने विश्वास मन्त्री गुरुङले व्याक्त गर्नुभयो ।
उहाँले उत्पादनकर्ताबाट सिधैं उपभोक्ताको घरसम्म उत्पादीत बस्तु पुग्ने र विचौलियाहरु नजोडिनेहुँदा किसानले उचित मुल्य पाउने बताउनुभयो ।
मार्टका अध्यक्ष अनन्तकुमार श्रेष्ठले नेपाली उत्पादनलाई अन्तरराष्ट्रिय बजारसम्म पुर्याउने उद्धेश्य राखेको बताउनुभयो ।
ग्राहकको विश्वसनियतालाई जोड दिने प्राथमिकतामा राखी स्थानिय उत्पादनको प्रर्वद्धन गरिने संचालक दिलिप न्यौपानेको भनाइ छ ।
मार्ट प्रवन्ध निर्देशक सुवास मल्लका अनुसार अनलाइनका एक सय भन्दाबढी उत्पादनहरु उपलब्ध छन् ।
अनलाइनवाटै पैसा तिर्न सकिने गरि ग्राहकले लगइन गरेर सामान खरिद गर्न सक्नेछन् ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















