प्रविधिमैत्री बन्दै वालिङ नगरपालिका
तोलाकान्त बगाले
वालिङ, २६ मंसिर, स्मार्ट सिटीको अवधारणामा अगाडि बढदै गरेको वालिङ नगरपालिका प्रविधिमैत्री बन्दै गएको छ । नगरपालिकाले स्मार्ट सिटी निर्माणको खम्बामध्ये सूचना प्रविधिको प्रयोगलाई जोड दिंंदै नागरबासिलाई सहज सेवा दिने गतिमा अगाडि लम्किरहेको छ । प्रविधिको प्रयोगसँगै यहाँका नागरिकले राजस्व तथा कर बुझाउन कार्यालयमा जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।
नगरपालिकाले डिजिटल माध्यमबाट सेवा दिने गरि एप्सहरु निर्माण गरेर कार्यान्वयनमा ल्याएको नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रकाश अर्यालले बताउनुभयो ।
“नगरपालिका तथा वडा कार्यालयहरुले प्रदान गर्ने सबै प्रकारका सेवाहरु समेटेर ‘स्मार्ट वालिङ एप’ निर्माण गरेका छौं” अधिकृत अर्यालले भन्नुभयो, “सेवाग्राहीले जुन सेवा लिनुहुन्छ सोही सेवाबापतको शुल्क विभिन्न डिजिटल एपमार्फत भुक्तानी गर्न सक्नुहुनेछ ।”
‘स्मार्ट वालिङ एप’ सहित कनेक्टिङ आईपिएस, खल्तीलगायत ५ वटा डिजिटल माध्यमहरुबाट सेवाग्राहीले भुक्तानी गर्न सक्ने अधिकृत अर्यालले बताउनुभयो ।
“नगरपालिकाले थालनी गरेको सूचना प्रविधिलाई नागरिकसम्म पु¥याउनुपर्नेछ” अधिकृत अर्यालले भन्नुभयो, “यसका लागि कर्मचारी तथा सरोकारवालाहरुलाई आवश्यक तालीम तथा प्रशिक्षण दिइएको र वडामा नागरिकहरुलाई प्रयोग गर्ने विधिकाबारेमा जानकारी गराउन ‘स्मार्ट क्लब’ गठन गर्ने र सोही क्लब परिचालन गर्ने गरी तयारी भएको छ ।”
सेवाग्राहीको भीड भइरहने नगरपालिकामा मोबाईलमा रहेको खल्ती एपबाटै शुल्क भुक्तानी गर्न सकिने भएकाले नगरबासीलाई निक्कै सहज हुने खल्ती डिजिटल वालेटका संस्थापक तथा निर्देशक अमित अग्रवालले बताउनुभयो ।
वालिङ नगरपालिका र खल्ती डिजिटल वालेटबीच सम्झौता भई कार्य थालनी भएको निर्देशक अग्रवालले बताउनुभयो ।
वालिङका नागरिकले सेवा लिएबापत खल्ती वेबपेज वा मोबाईल एपमा रहेको सरकारी सेवा मेनुमा गई वालिङ नगरपालिका टयाप गरेर शुल्क भुक्तानी गर्न सक्ने निर्देशक अग्रवालले बताउनुभयो ।
डिजिटल माध्यमबाट नगरपालिकाले सेवा उपलब्ध गराएसँगै सेवाग्राहीहरु कार्यालय समयभित्र वा कार्यालयमै उपस्थित भइरहन आवश्यक नरहने, देश तथा विदेशका जुनसुकै स्थानबाट पनि सेवा लिन वा भुक्तानी गर्न पाईने भएकाले समयको वचत र छिटो छरितो सेवा प्रवाह हुने विश्वास नगरपालिकाको छ । वालिङ नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु सबैले ‘डिजिटल हस्ताक्षर’ गर्ने कार्यसमेत थालेकाछन् ।
नगरपालिकाले ‘डिजिटल हस्ताक्षर’ लाई अझै विकसित गर्दै क्रमशः पेपरलेस पद्धतिबाट सेवा प्रवाह गर्ने रणनीति अगाडि सारेको छ ।
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















