सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
स्याङ्जा,२७ भदाै- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ लाख ६५ हजार रुपैयाँ सहयोग गरेको छ।
संस्थाले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितका लागि सहयोग गरेको हो।
प्राकृतिक विपद्मा परी ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकप्रति संस्थाले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा विपद्बाट प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ एवं सुरक्षित जीवनयापनको कामना गरेको छ।
विपद्का कारण सम्पर्कविहीन तथा प्रभावित भएका नेपाली तथा विदेशी नागरिक, लघुवित्त संस्था, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी र सम्बन्धित परिवारजनप्रति समेत संस्थाले सहानुभूति व्यक्त गरेको छ।
विनाशकारी विपद्बाट प्रभावितलाई राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले संस्थाको सञ्चालक समिति, कर्मचारी तथा संस्थाको तर्फबाट नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ६५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेमेश आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
ताजा
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार
इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु
२०८३ भाद्र २६ गते, शुक्रबार
लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने
२०८३ भाद्र २६ गते, शुक्रबार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
२०८३ भाद्र २६ गते, शुक्रबार
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार





















