चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

राधिका पाैडेल

स्याङ्जा,२७ भदाै- स्याङ्जाको फेदीखोला गाउँपालिका–१ मा सञ्चालित अमोर सेवा नेपाल बाल गृहकाे सामाजिक परीक्षण गरिएकाे छ। 

अन्धाअन्धी सामुदायिक विकास केन्द्रको सहजीकरणमा बाल गृहको सामाजिक परीक्षण गरिएको हो।

सामाजिक परीक्षण कार्यक्रममा बाेल्दै राप्रपा नेता एवं गण्डकी प्रदेशका पूर्वमन्त्री पञ्चराम गुरुङले बिभन्न चुनौतीका बीच साहस, धैर्यता र निरन्तरको मेहनतबाट बाल गृह सञ्चालन हुँदै आएको बताउनुभयाे।

अमोर सेवा नेपाल बाल गृहको आर्थिक वर्ष २०८२/०८३ को सामाजिक परीक्षण कार्यक्रममा बोल्दै गुरुङले स्याङ्जा जिल्लाको एक मात्र बाल गृहका रूपमा रहेको संस्थाले विभिन्न चुनौतीका बाबजुद पनि बालबालिकाको संरक्षण र हेरचाहा गर्दै आएकाेमा संस्थाकी अध्यक्ष कमला पराजुलीकाे प्रशंसा गर्दै आगामी दिनमा पनि आफूले सक्दाे सहयाेग गर्ने प्रतिबद्धता जनाउनुभयाे।

कार्यक्रममा बाल गृहको सञ्चालन, व्यवस्थापन तथा संस्थाले गर्दै आएका विभिन्न गतिविधिबारे संस्थाकी अध्यक्ष पराजुलीले  सरोकारवालालाई जानकारी गराउनुभएकाे थियो।

ताजा

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु

२०८३ भाद्र २६ गते, शुक्रबार

लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने

२०८३ भाद्र २६ गते, शुक्रबार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

२०८३ भाद्र २६ गते, शुक्रबार

पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा

२०८३ भाद्र २५ गते, बिहीबार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal