इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु
बसन्त पराजुली
नारायणगढ,२६ भदौ- भरतपुर महानगरपालिका–९, बसन्तचोकमा इभी कारमा आगलागी हुँदा मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का अमर पराजुली रहेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार टाँडीबाट भरतपुरस्थित घर फर्कने क्रममा पराजुली सवार कारमा एक्कासि आगलागी भएको थियो ।
कारमा जलेर मृत्यु हुने व्यक्ति पराजुली नै भएको उहाँका परिवारले जानकारी गराएको उहाँले बताउनुभयो । पराजुली बिहीबार बेलुका घरबाट निस्कनुभएको थियो ।
शुक्रबार बिहान करिब ६ बजे बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको इभी कारमा आगलागी भएको थियो । उक्त कार पराजुलीकै रहेको प्रहरीले जनाएको छ । पराजुली चितवनका शैक्षिक व्यक्तित्व हुनुहुन्छ ।
ताजा
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार
इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु
२०८३ भाद्र २६ गते, शुक्रबार
लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने
२०८३ भाद्र २६ गते, शुक्रबार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
२०८३ भाद्र २६ गते, शुक्रबार
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार





















