लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने

हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), २६ भदौ-  उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–३, फुवाका पन्चोक गुरुङको घर भूकम्पले भत्किएको छ । मङ्गलबार राति लोमन्थाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको ५.३ रेक्टर स्केलको भूकम्पले गुरुङको घरमा पूर्ण क्षति पुगेको हो । गुरुङजस्तै लोमन्थाङ–३, किमलिङका कुङ्गा गुरुङको घरमा पनि चिरा परेको छ ।

भूकम्पबाट फुवा गाउँका कुल १७ घरधुरीमध्ये पाँच घरधुरी बस्नै नहुने गरी चर्किएका छन् भने अन्य घरधुरीमा आंशिक र सामान्य क्षति पुगेको लोमन्थाङ गाउँपालिका अध्यक्ष टसीनुर्वु गुरुङले बताउनुभयो ।

अध्यक्ष गुरुङले भन्नुभयो, “चर्केर बस्नै नमिल्ने अवस्थाका घर धेरै छन् । थप विवरण सङ्कलन हुँदै छ । माटोका घरमा धेरै क्षति भएको छ ।”

गाउँपालिका अध्यक्ष गुरुङका अनुसार हालसम्म ३५ घरधुरी तत्काल बस्न नमिल्ने अवस्थामा छन् । भूकम्पबाट मानवीय तथा पशुचौपायामा कुनै क्षति नभएकाले विस्थापितहरू छिमेकी र आफन्तको घरमा बसेको उहाँले बताउनुभयो ।

गाउँपालिकाका पाँचवटै वडामा सामान्य, आंशिक र पूर्ण क्षतिको विवरण सङ्कलन गर्न स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रतिनिधिसहितको टोली परिचालन गरिएको छ । हालसम्म भूकम्पबाट करिब दुई सय घरधुरी प्रत्यक्ष प्रभावित भएको गाउँपालिकाको प्रारम्भिक विवरणमा उल्लेख छ ।

गाउँपालिकाभित्रका अधिकांश कच्ची घरमा चिरा परेको देखिएको छ । सर्वसाधारणका घरदेखि विद्यालय, गुम्बालगायत सामुदायिक भवनसमेत चर्किएको अवस्थामा रहेकाले प्राविधिकसहितको टोलीले स्थलगत निरीक्षण गरेपछि क्षतिपूर्तिको प्रक्रिया अघि बढाइने गाउँपालिकाले जनाएको छ ।

बेलाबेलामा भूकम्पको धक्का महसुस भइरहेकाले स्थानीय त्रसित छन् । दिउँसो घरायसी काम गर्नेहरू राति खुला चौरमा टेन्ट टाँगेर सुत्ने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रामचन्द्र तिवारीले लोमन्थाङबाहेक अन्य गाउँपालिकामा क्षति नभएकाले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी प्रहरी टोली खटाएर क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो । माटोका घर चर्किएको अवस्थामा रहेकाले सुरक्षित नभएका घरमा नबस्न प्रहरीले अनुरोध गरेको उहाँले बताउनुभयो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का ठुलो भएकाले केही दिन परकम्प आउन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । केन्द्रले चार रेक्टर स्केलभन्दा माथिका भूकम्पको रेकर्ड मात्र राख्ने गरेको छ ।स्रोतःगोप

ताजा

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु

२०८३ भाद्र २६ गते, शुक्रबार

लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने

२०८३ भाद्र २६ गते, शुक्रबार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

२०८३ भाद्र २६ गते, शुक्रबार

पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा

२०८३ भाद्र २५ गते, बिहीबार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal