स्याङ्जामा सामाजिक सद्भाव र्याली
राधिका पाैडेल
स्याङ्जा,१७ साउन- तराई मधेसका विभिन्न जिल्लामा पछिल्लाे समय धार्मिक द्वाेन्दकाकारण उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै स्याङ्जामा सद्भाव र्याली निकालिएकाे छ।
सामाजिक तथा धार्मिक सद्भाव, सहिष्णुता तथा राष्ट्रिय एकतालाई सुदृढ बनाउने उद्देश्यले जिल्ला सदरमुकाम पुतलीबजारमा सद्भाव र्याली निकालिएकाे हाे।
लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय, रेडियो स्याङ्जा र स्याङ्जा टेलिभिजन स्याङ्जाको संयुक्त आयोजनामा भएको र्याली पुस्तकालयको प्राङ्गणबाट सुरु भई स्याङ्जा बजार परिक्रमा गर्दै शहीद चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभालाई सम्बोधन गर्दै लक्ष्मी स्मृति सामुदायिक पुस्तकालयका वरिष्ठ उपाध्यक्ष विश्वराज मरासिनीले समाजमा धार्मिक सहिष्णुता कायम रहनुपर्ने बताउनुभयाे। उहाँले सामाजिक एकता, पारस्परिक सम्मान र सहअस्तित्वलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयाे।
संस्थाका कोषाध्यक्ष चन्द्रमणि पौडेल, प्रमुख व्यवस्थापक एकबहादुर गोदार (रमेश) लगायतले बाेल्नुभएकाे थियाे।
कार्यक्रममा पत्रकार, बुद्धिजीवी, समाजसेवी, जनप्रतिनिधि तथा सर्वसाधारण नागरिकको उल्लेख्य उपस्थिति रहेको थियो।
पछिल्ला घटनाक्रमका कारण समाजमा देखा पर्न सक्ने विभाजनकारी प्रवृत्तिलाई निरुत्साहित गर्दै आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले र्याली आयोजना गरिएको आयाेजककाे भनाइ रहेकाे छ।
ताजा
स्याङ्जामा सामाजिक सद्भाव र्याली
२०८३ श्रावण १७ गते, आईतवार
स्याङ्जामा सामाजिक सद्भाव र्याली
२०८३ श्रावण १७ गते, आईतवार
काेदाे संरक्षण अभियानमा स्याङ्जाकाे फेदिखोला गाउँपालिका
२०८३ श्रावण १६ गते, शनिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टरलाई ३० हजार जरिवाना
२०८३ श्रावण १४ गते, बिहीबार
‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’
२०८३ श्रावण १३ गते, बुधबार
पूर्व उपप्रधान मन्त्री श्रेष्ठको अन्त्येष्टि
२०८३ श्रावण १३ गते, बुधबार
नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….
२०८३ श्रावण ११ गते, सोमबार
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा राेपीदै
२०८३ श्रावण ९ गते, शनिबार
अकला देवी मन्दिरमा चाेरी गरेर भाग्दै गर्दा स्थानियले समातेर लगाए प्रहरीकाे जिम्म
२०८३ श्रावण ८ गते, शुक्रबार
धुर्कोट ग्रेटवाल निर्माण
२०८३ श्रावण ६ गते, बुधबार





















