काेदाे संरक्षण अभियानमा स्याङ्जाकाे फेदिखोला गाउँपालिका

हिमलाल पराजुली

वालिङ,१६ साउन– फेदिखाेला गाउँपालिकाले राष्ट्रिय कोदो दिवस मनाएकाे छ।

फेदिखोला गाउँपालिका–२ बहाँटारीमा “कोदोबाली संरक्षण र प्रवर्द्धनः खाद्य तथा पोषण सुरक्षा संवर्धन” भन्ने नारासहित दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएकाे हाे।

कार्यक्रममा परम्परागत शैलीमा हलगोरुबाट बारी जोतेर कोदो राेपिएकाे थियाे भने, कोदोबाट तयार गरिएका ढिँडो, सेलरोटी, पकौडा, मःम, बिस्कुटलगायतका परिकारको प्रदर्शनी तथा स्वाद लिने व्यवस्था मिलाइएकाे थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले कोदो स्वास्थ्यका लागि पोषिलो तथा महत्वपूर्ण खाद्यान्न भएकाले यसको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो। कोदो खेतीले स्थानीय अर्थतन्त्र सुदृढ बनाउने, किसानको आय वृद्धि गर्ने, बाँझो जमिनको उपयोग गर्ने तथा खाद्य एवं पोषण सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने उहाँको भनाइ थियो।

अध्यक्ष सुवेदीले गाउँपालिकाले उत्पादनमा आधारित अनुदान, न्यूनतम समर्थन मूल्य, कृषि एम्बुलेन्स, कृषि उपज संकलन केन्द्र, शीत भण्डार तथा बजारीकरणलगायतका किसानमुखी कार्यक्रमलाई निरन्तरता दिइरहेको जानकारी दिनुभयो। विद्यालय तथा गाउँपालिकाअन्तर्गतका कार्यालयमा कोदोबाट बनेका परिकार दिवा खाजामा समावेश गर्ने नीति कार्यान्वयनमा रहेको उल्लेख गर्दै स्थानीय उत्पादनको संरक्षण तथा प्रवर्द्धनमा सबै पक्षको साथ आवश्यक रहेको उहाँले बताउनुभयो।

यस अवसरमा कोदोको भण्डारण तथा प्रशोधनलाई सहज बनाउन राममन्दिर कृषक समूहलाई थ्रेसर उपलब्ध गराउने प्रतिबद्धता पनि अध्यक्ष सुवेदीले व्यक्त गर्नुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, गाउँसभा सदस्य, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, टोल सुधार समितिका पदाधिकारी, कृषि सहकारी तथा कृषक समूहका प्रतिनिधि, आमा समूह तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

ताजा

काेदाे संरक्षण अभियानमा स्याङ्जाकाे फेदिखोला गाउँपालिका

२०८३ श्रावण १६ गते, शनिबार

काेदाे संरक्षण अभियानमा स्याङ्जाकाे फेदिखोला गाउँपालिका

२०८३ श्रावण १६ गते, शनिबार

अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टरलाई ३० हजार जरिवाना

२०८३ श्रावण १४ गते, बिहीबार

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

२०८३ श्रावण १३ गते, बुधबार

पूर्व उपप्रधान मन्त्री श्रेष्ठको अन्त्येष्टि

२०८३ श्रावण १३ गते, बुधबार

नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….

२०८३ श्रावण ११ गते, सोमबार

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा राेपीदै

२०८३ श्रावण ९ गते, शनिबार

अकला देवी मन्दिरमा चाेरी गरेर भाग्दै गर्दा स्थानियले समातेर लगाए प्रहरीकाे जिम्म

२०८३ श्रावण ८ गते, शुक्रबार

धुर्कोट ग्रेटवाल निर्माण

२०८३ श्रावण ६ गते, बुधबार

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

२०८३ श्रावण ६ गते, बुधबार

टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८३ श्रावण ५ गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal