अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टरलाई ३० हजार जरिवाना
वालिङ,१४ साउन– स्याङ्जाको वालिङ नगरपालिका–८ बाँसघारीस्थित आँधीखोला किनारबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् तथा ओसारपसारमा संलग्न एक ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ।
बुधबार राति करिब ८ बजे वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले आँधीखोला किनारमा अवैध रूपमा बालुवा लोड गरी ओसारपसार गरिरहेको अवस्थामा ग.१ त. ७३३३ नम्बरको ट्याक्टर फेला पारी नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयाे।
नियन्त्रणमा लिएको ट्याक्टरलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वालिङ नगरपालिकाको कार्यालय पठाइएको थियो। नगरपालिकाले उक्त ट्याक्टरलाई ३० हजार रुपैयाँ जरिवाना गरी छाडेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
ताजा
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार
इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु
२०८३ भाद्र २६ गते, शुक्रबार
लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने
२०८३ भाद्र २६ गते, शुक्रबार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
२०८३ भाद्र २६ गते, शुक्रबार





















