आजदेखि एसईई परीक्षा सुरु, स्याङ्जामा ४ हजार २ सय ७५ विद्यार्थी सहभागी
वालिङ,१९ चैत– यस वर्षको एसईई परीक्षा सुरु आजबाट सुरु भएको छ । यस वर्षको एसईई परीक्षामा जिल्लाबाट ४ हजार २ सय ७५ विद्यार्थी सहभागी भएको शिक्षा विकास तथा समन्वय ईकाइ स्याङ्जाले जनाएको छ ।
बिहान ८ बजेदेखि सुरुभएको परीक्षा ११ बजेसम्म सञ्चलन हुनेछ ।
परीक्षा बोर्डले यस वर्षको एईई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाइएको छ । परीक्षा केन्द्रको अनुगमनका नाममा विभिन्न संघसंगठनका प्रतिनिधिहरु परीक्षा परीक्षा हलमा प्रवेश गर्दा परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछी बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको हो । अनुगमनका लागि प्रत्येक जिल्लमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिका आधिकारीक प्रतिनिधिबाट परीक्षा केन्द्रको बाहिर मात्र अनुगमन गर्ने बोर्डले निर्णय गरेको छ ।
परीक्षाको आज पहिलो दिन अनिर्वाय अंग्रेजी विषयको परीक्षा चलिरहेको छ । परीक्षा बोर्डका अनुसार यस वर्ष एसईई दिने विद्यार्थी संख्या ५ लाख १२ हजार ४ सय २१ जना रहेको छ ।

ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















