वालिङमा ओमकार इभेन्ट हब एक्स्पाे हुने
वालिङ,२७फागुन- वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ओमकार इभेन्ट हब फष्ट एक्स्पाे हुने भएकाे छ।
आज वालिङमा आयाेजित पत्रकार सम्मेलनमा चैत २६ गते देखि वैसाख २ गतेसम्म प्रथम ओमकार इभेन्ट हब फष्ट एक्स्पाेकाे आयाेजना गरिएकाे जानकारी गराइएकाे हाे।
नयाँ वर्ष २०८३ लाई लक्षित गरि कार्यक्रमकाे आयोजना गरिएको आयाेजक संस्था ओमकार इभेन्ट हबलेे जनाएकाे छ। एक्स्पोले आन्तरिक पर्यटनको प्रर्वद्धन गर्नुका साथै धार्मिक एवं ऐतिहासिक स्थलहरुको प्रचारप्रसारमा सहयाेग पुर्याउने
एक्स्पोका संयोजक विजय मल्लले बताउनुभयाे। नेपाली नयाँ वर्षलाई एउटा उत्सवको रुपमा मनाउने परम्पराको विकास गर्न एक्स्पाेकाे आयाेजना गरिएकाे मल्लले बताउनुभयाे।
कार्यक्रममा लागूऔषध नियन्त्रणका लागि सचेतना कार्यक्रम गर्नुका साथै मौलिक खाना, स्थानीय उत्पादन, गीतसंगीत एवं विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु संचालन गरिने छ। ख्यातिप्राप्त व्याण्डहरुको लाईभ कन्सट समेत हुने छ भने
एक्स्पोमा कृषि तथा ताजा तरकारी प्रर्दशन, अदुवा, कफिको प्रर्दशनी, सूचना प्रविधिक तथा शैक्षिक प्रर्दशनी, खेल प्रतियोगिता, बाल उद्यान, अटोमोबाईल्स, पर्यटन मेला, हस्तकला प्रर्दशनी, टिकटक प्रतियोगिता, हरेक दिन विषेश सांगितिक कार्यक्रम, औद्योगिक व्यापार मेला हुने पत्रकार सम्मेलनमा जानकारी गराइएकाे थियाे।
वालिङ खेलमैदानमा आयाेजना हुने कार्यक्रममा रु ७३ लाख खर्च हुने अनुमान गरिएकाे र खर्च कटाएर बचत भएकाे रकमले वालिङ खेलमैदान मर्मत गरिने आयाेजक संस्थाका प्रवन्धक नवराज पाैडेल जानकारी दिनुभयाे।
पत्रकार सम्मेलनमा मेलाका सहसंयाेजक बिजय बिक्रम खाँण नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप काेइराला लगायतले बाेल्नुभएकाे थियाे।
ताजा
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार
पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित
२०८३ जेष्ठ २४ गते, आईतवार
भारतीय बाबू र नेपाली आमाबाट जन्मिएका चापाकाेटका कँडेललाई प्रशासनले घरमै पुगेर दियाे नागरिकता
२०८३ जेष्ठ १९ गते, मंगलवार
शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण
२०८३ जेष्ठ १५ गते, शुक्रबार





















