वालिङमा ओमकार इभेन्ट हब एक्स्पाे हुने
वालिङ,२७फागुन- वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ओमकार इभेन्ट हब फष्ट एक्स्पाे हुने भएकाे छ।
आज वालिङमा आयाेजित पत्रकार सम्मेलनमा चैत २६ गते देखि वैसाख २ गतेसम्म प्रथम ओमकार इभेन्ट हब फष्ट एक्स्पाेकाे आयाेजना गरिएकाे जानकारी गराइएकाे हाे।
नयाँ वर्ष २०८३ लाई लक्षित गरि कार्यक्रमकाे आयोजना गरिएको आयाेजक संस्था ओमकार इभेन्ट हबलेे जनाएकाे छ। एक्स्पोले आन्तरिक पर्यटनको प्रर्वद्धन गर्नुका साथै धार्मिक एवं ऐतिहासिक स्थलहरुको प्रचारप्रसारमा सहयाेग पुर्याउने
एक्स्पोका संयोजक विजय मल्लले बताउनुभयाे। नेपाली नयाँ वर्षलाई एउटा उत्सवको रुपमा मनाउने परम्पराको विकास गर्न एक्स्पाेकाे आयाेजना गरिएकाे मल्लले बताउनुभयाे।
कार्यक्रममा लागूऔषध नियन्त्रणका लागि सचेतना कार्यक्रम गर्नुका साथै मौलिक खाना, स्थानीय उत्पादन, गीतसंगीत एवं विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु संचालन गरिने छ। ख्यातिप्राप्त व्याण्डहरुको लाईभ कन्सट समेत हुने छ भने
एक्स्पोमा कृषि तथा ताजा तरकारी प्रर्दशन, अदुवा, कफिको प्रर्दशनी, सूचना प्रविधिक तथा शैक्षिक प्रर्दशनी, खेल प्रतियोगिता, बाल उद्यान, अटोमोबाईल्स, पर्यटन मेला, हस्तकला प्रर्दशनी, टिकटक प्रतियोगिता, हरेक दिन विषेश सांगितिक कार्यक्रम, औद्योगिक व्यापार मेला हुने पत्रकार सम्मेलनमा जानकारी गराइएकाे थियाे।
वालिङ खेलमैदानमा आयाेजना हुने कार्यक्रममा रु ७३ लाख खर्च हुने अनुमान गरिएकाे र खर्च कटाएर बचत भएकाे रकमले वालिङ खेलमैदान मर्मत गरिने आयाेजक संस्थाका प्रवन्धक नवराज पाैडेल जानकारी दिनुभयाे।
पत्रकार सम्मेलनमा मेलाका सहसंयाेजक बिजय बिक्रम खाँण नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप काेइराला लगायतले बाेल्नुभएकाे थियाे।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















