कैदीबन्दीलाई कारागारमै मतदान गर्ने ब्यवस्था, स्याङ्जामा १७ कैदीबन्दीले मतदान गर्ने
अर्जुन काफ्ले
स्याङ्जा,१८ फागुन- फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जामा १७ जना कैदीबन्दीले मतदान गर्ने भएका छन् । पुतलीबजार नगरपालिका –१ मा रहेको जिल्ला कारागारमा विभिन्न मुद्दामा चार महिलासहित १६४ कैदीबन्दी रहेकोमा मात्र १७ जनाले मतादान गर्न पाउने भएका हुन् ।
यहाँ रहेका कैदीबन्दीमध्ये मतदाता परिचय पत्र बनाएको र स्थायी मतदाता नामावलीमा नाम सवावेस भएकाले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका निर्वाचन अधिकारी श्रीराम थापाले बताउनुभयो ।
कारागारमा रहेका कैदीबन्दीमध्ये मतदान गर्ने सबै पुरुष मात्र रहेको र सबैले समानुपातिक मतदान गर्ने थापाले बताउनुभयो ।यहाँ निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीलसम्बन्धी कार्यविधि २०८२ अनुसार जिल्लाबाट सङ्कलित विवरणका आधारमा अस्थायी केन्द्र रहेको स्याङ्जा कारागारमा रहेका कैदीबन्दीसहित एक हजार ८५९ जना अस्थायी मतदाता रहेका छन् ।
अस्थायी मतदातामध्ये निर्वाचनमा नखटिएका कर्मचारीले कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने छन् । स्याङ्जाको क्षेत्र नं— १ मा एक लाख ३० हजार ८८६ र निर्वाचन क्षेत्र नं २ मा एक लाख १७ हजार ९३० मतदाता गरी कुल दुई लाख ४८ हजार ८१६ मतदाता रहेका छन् । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा १९९ मतदानस्थल र ३२२ मतदान केन्द्र निर्धारण गरिएको छ ।
सुरक्षाको दृष्टिले ३२२ मतदान केन्द्रमध्ये ५६ अतिसंवेदनशील र ७१ संवेदनशील रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
ताजा
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार





















