विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
वालिङ,२० वैशाख- विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाले आज शनिबार निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । वालिङ नगरपालिकाको सहयोग र गह्रौँ प्राथमिक अस्पताल वालिङको प्राविधिक सहयोगमा गह्रौँ प्राथमिक अस्पतालमा पत्रकारहरुका लागि नसर्ने रोग, आँखा परीक्षण तथा महिला पत्रकाहरुका लागि पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गरिएको हो ।
शिविरको शुभारम्भ गर्दै वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेले स्याङ्जाको पत्रकारीता विकास र दक्षताका लागि वालिङ नगरपालिका सँधै साथमा रहेको बताउनुभयो । नगरको समग्र विकासमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहने उहाँले बताउनुभयो ।
उपप्रमुख तिवारी गैह्रेले भन्नुभयो, “वालिङ स्याङ्जा जिल्लाकै केन्द्र हो, यहाँको विकासका लागि पत्रकारहरुको सुझाव र सहयोग आवश्यक पर्दछ । जनप्रतिनिधिले नदेखेका धेरै विषय पत्रकारहरुको आँखाले देख्न सक्छ । तसर्थ यहाँको विकासका लागि पत्रकारहरुको अमूल्य सुझाव र सल्लाहकासाथ हामी अगाडि बढ्नेछौँ ।” वालिङको छुट्टै गरिमा र पहिचान गरेकाले यसको साख बचाउँदै थप उचाईमा पु¥याउन तथा नगरका सकारात्मक कार्यहरुहरुलाई आम नागरिकसमक्ष पु¥याउनुपर्छ । यसकासाथै कमीकमजोरी औँल्याउन पनि पत्रकारहरुले भूमिका खेल्ने उपप्रमुख तिवारीको भनाई थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोईरालाले सधै रिपाेटिङमा ब्यस्त हुने पत्रकारहरुले आफ्नाे स्वास्थ्यलाई पनि ध्यान दिनुपर्छ भन्ने उद्देश्यका साथ कार्यक्रम गरिएकाे बताउनुभयाे।
शिविरमा ७ जना महिला पत्रकारको पाठेघरको मुख क्यान्सरको स्क्रिनिङ, २४ जना पत्रकारहरुले आँखा, मुटु, सुगर, उच्च रक्तचाप, मृगौलाको परिक्षण गराएका छन् । शिविरमा गह्रौँ प्राथामिक अस्पतालका विशेषज्ञ डाक्टर सुमन थपलिया, मेडिकल अधिकृत डा. रोशन रेग्मी, अस्पताल नर्सिङ निरिक्षक भोजकुमारी शर्मा, ल्याब असिष्टेन्ट निरिक्षक इश्वर कोईराला लगायतको टिमले सेवा दिनुभएको थियो ।
ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार





















