कोटीहोमबाट देवी प्रतिभाको बिदाई, जेठमा पुनः ल्याउने प्रयास

पोखरा,१९ वैशाख- पोखरामा ऐतिहासिक गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १४ दिनसम्म श्रीमद्भागवत कथा सुनाउनुभएकी अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको बिहीबार बिदाई गरिएको छ । उहाँको बिदाईमा सबैका आँखा रसाए, कोटीहोम स्थल छोरीको विवाह घरजस्तै बनेको थियो । देवीको ‘प्यार से बोलेन’ भन्ने शब्द सम्झिएर भक्तजनसहित आयोजकका मन भारी थिए । उक्त क्षणमा देवी प्रतिभाको आँखामा आँशु टिल्पिलाए ।कोटीहोमका संकल्पकर्ता विजय कृष्णमूर्तिले फूलैफूलले पूजा गर्दै देवी प्रतिभाको बिदाई गर्नुभएकाे थियाे । देवीसहित उहनँको टिममा रहेर पोखरा आइपुगेका सबैलाई आयोजक मानवसेवा फाउण्डेशनले सम्मानसहित बिदाई गरेको थियो । देवी प्रतिभाको बिदाईमा संकल्पकर्ता विजय कृष्णमूर्ति निकै भावुक हुनुभएकाे थियाे भने अभिनन्दपत्र पढेर सुनाउने क्रममा भक्कानिदै पढ्नै नसक्ने अवस्थामा पुगेकाे दृश्य देखिन्थियाे ।

सो बेला कोटीहोम स्थल चकमन्न बनेको थियो । देवी प्रतिभा वैशाख ५ गते पोखरा आउनुभएकाे थियाे । उहाँ आज शुक्रबार बिहानै पोखराबाट भारत प्रथान गर्दैहुनुहुन्छ । आइतबादेखि झारखण्डमा देवीमार्फत कथा वाचन हुने बताइएको छ । जेठ १० देखि १६ गतेसम्मा देवी प्रतिभालाई पुनः पोखरा ल्याउने प्रयास भइरहेको संकल्पकर्ता विजय कृष्णमूर्तिले जानकारी दिनुभयाे। कथा वाचिका देवी प्रतिभाले ‘यो कोटीहोममा मेरो अन्तिम प्रस्तुति हो, मैले सुनाएका कथाले तपाईंहरु प्रशन्न हुनुभो ?’ भनेर प्रश्न गर्दा भक्तजनले् ठूलो स्वरमा ‘हामी निकै खुशी भयौँ, तपाईं अझै बसेर हामीलाई अन्य कथा पनि सुनाउनु’ भनेका थिए । शुक्रबार आजदेखि भारतका चर्चित युवा दार्शनिक एवं कथा वाचक प्रशान्त कृष्ण परांकुशले राम कथा वाचन गर्ने आयोजक मानव सेवा फाउण्डेशन तथा कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिनुभयाे।

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal