कोटीहोममा भक्तजनको ओइरो

पोखरा,१८ वैशाख- पोखरामा ऐतिहासिक गण्डकी शतकुण्डीय कोटीहोम विराट ज्ञान महायज्ञ १४औं दिनसम्म जारी छ । कोटीहोम महायज्ञको औपचारिक उद्घाटन भने बुधबार गरिएको थियो । आज १४औं दिनमा चर्चित अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाले श्रीमद्भागवत कथा वाचन सक्नुभएकाे छ । 

शुक्रबारदेखि भारतका चर्चित युवा दार्शनिक एवं कथा वाचक प्रशान्त कृष्ण परांकुशले राम कथा वाचन गर्ने आयोजक मानव सेवा फाउण्डेशन तथा कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिनुभयाे।

कथा वाचिका देवी प्रतिभाले ‘यो कोटीहोममा मेरो अन्तिम प्रस्तुति हो, मैले सुनाएका कथाले तपाईंहरु प्रशन्न हुनुभो ?’ भनेर प्रश्न गर्दा भक्तजनले् ठूलो स्वरमा ‘हामी निकै खुशी भयौँ, तपाईं अझै बसेर हामीलाई अन्य कथा पनि सुनाउनु’ भनेका थिए । 

संयोजक ढकालका अनुसार बिहीबार देवी प्रतिभाद्वारा प्रस्तुत अन्तिम दिनको श्रीमद्भागवत कथा श्रवण गर्न करिब १० हजार पाँच सय भक्तजन सहभागी थिए । कोटीहोममा हालसम्म एक लाख भन्दा बढी भक्तजन सहभागी भएको आयोजकको दावी छ। 

भक्तजनको सहभागिता बढ्दै गएको र अर्थ संकलन कार्य पनि बढिरहेको बताइएको छ । बिहीबार पोखरा बिरौटाका दिनेश कार्कीका परिवारजनले ५१ हजार एक सय ११ रुपैयाँ दान गर्नुभएकाे छ। 

अन्नपूर्ण केवलकारका प्रवन्धक पौडेलले कोटीहोमका भक्तजनलाई केबलकारसम्म जानका लागि निःशुल्क बस सेवा उपलव्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भारतका के के शर्माले पोखरामा आयोजित कोटीहोम संसारमा अहिलेसम्म भएका यज्ञभन्दा विशाल भएको बताउनुभयाे । उहाँले यो कोटीहोमले विश्वमा नै नेपालको चर्चा भएको बताएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘नेपालको कोटीहोम भनेर निकै चर्चा गरिएको छ ।’

कोटीहोमका संकल्पकर्ता विजय कृष्णमूर्तिले यस प्रकारको यज्ञ अहिलेसम्म कहीँ कतै नभएको र भविष्यमा पनि हुन नसक्ने दावी गर्नुभयाे।

कोटीहोम २०८२ जेठ २६ गतेसम्म पोखरा महानगरपालिका वडा नं. १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा सञ्चालन हुनेछ ।

कोटीहोममा श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथा वाचन हुनुको साथै लाखौँको विवाह, ब्रतवन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप, तीन सय भन्दा बढी ब्राह्मण गुरुको दैनिक उपस्थिति, लाखौँ रामनाम पुस्तिका वितरण गरी अरबौं रामनाम लेखिने र एक करोड शिवलिङ्ग स्थापना गरी एक करोड बेलपत्रद्वारा पुजन गरिने जनाइएको छ ।

सो अवसरमा ११ हजार कलश पुजन भएको छ भने राष्ट्रिय भजन प्रतियोगिता, कवि तथा सन्त सम्मेलन, धार्मिक संघसंस्थाको सम्मेलन, २५ हजार नरिवलको भोग, कन्या पूजा, ज्येष्ठ नागरिक सम्मान, गण्डकी प्रदेशका एक हजार बढी स्रष्टा सम्मान, शालिग्राम पुजन, चित्रकला प्रतियोगिता, रक्तदान, तन्दुलाञ्चल र धान्याञ्चल पर्वतको निर्माण, धार्मिक क्षेत्रसँग सम्बन्धित वक्तृत्वकला प्रतियोगितालगायतका कार्यक्रम गरिने छ ।

ताजा

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal