अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार दृढ छः उपमहासचिव ज्ञवाली
वालिङ,२४ माघ– नेकपा एमालेका उपमहासचिव एवम् नेपाल सरकारका पूर्व मन्त्री प्रदिप ज्ञवालीले अभिव्यक्ति स्वतन्त्रतामा सरकार दृढ रहेको बताउनु भएको छ । सरकारले प्रस्तुत गरेको सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयकका सन्दर्भमा उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जाललाई नियमन गर्नु प्रेस स्वतन्त्रतासँग कुनै सम्बन्ध र साइनो नभएको व्यक्त गर्नुभएको छ ।
बुधबार पुतलीबजारमा आयोजित प्रेस चौतारी नेपाल स्याङ्जाको छैटौं जिल्ला अधिवेशनमा सम्वोेधन गर्दै उपमहासचिव ज्ञवालीले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने कुरा कल्पना पनि गर्नसकिदैन, यसमा निश्चिन्त हुन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो,“ भर्खरै सरकारले सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयक प्रस्तुत गरेको छ, यस सम्बन्धमा विभिन्न खालका वहसहरु छन् । हरेकले के बुझ्न जरुरी छ भने यदि मिथ्या सूचनाहरुको भीडबाट सत्यलाई जोगाउन सकेनौं भने हामीले सत्यलाई रक्षा गर्न सक्दैनौ । कहिँ न कहिँ सामाजिक सञ्जालहरुलाई मर्यादित बनाएनौं भने समाजलाई जोगाउन सक्दैनौं ।”
अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार दृढ छ, त्यो अभिव्यक्ति मर्यादित होस्, सामाजिक सद्भावलाई बलियो बनाउने होस्, व्यक्तिको चरित्रहत्याको माध्यम नबोस भन्ने ढङ्गबाट यो कुरा ल्याइएको हो भन्ने बुझन उपमहासचिव ज्ञवालीको स्पष्टोक्ती छ ।
लोकतन्त्र भनेको छाडातन्त्र होइन, आफैमा मर्यादित प्रणाली हो । यदि त्यो मर्यादित भएन र अराजकतन्त्र र भीडतन्त्रमा रुपान्तरित भयो भने लोकतन्त्र र देशलाई जोखिम हुने उपमहासचिव ज्ञवालीले औंल्याउनुभयो । वाक स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता संविधानले पूर्णरुपले प्रत्याभूत गरेको छ । यसलाई कुण्ठित गर्ने कुरा कल्पना पनि गर्नसकिदैन । यसमा निश्चिन्त हुन आग्रह गर्दछु । तर वाक स्वतन्त्रता भनेको गाली गर्ने, जिउँदो मान्छेलाई मरेको भनेर श्रद्धाञ्जली दिने स्वतन्त्रता होइन । मानिसहरुको चरित्र हत्या गर्ने, सामाजिकरुपमा विद्वेशहरु फैलाउने खालका सम्प्रेसण गर्नु अभिव्यक्ति स्वतन्त्रता होइन । यसले स्वतन्त्रतालाई नै कुन्ठित गर्छ ।
अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गराउने कुनै पनि सम्भावना छैन । यसलाई मर्यादित बनाउन सरकार लागिपरेको छ । सामाजिक सञ्जाललाई नियमन गर्नु प्रेस स्वतन्त्रतासँग कुनै सम्बन्ध र साइनो छैन । त्यो पनि नियमन गर्ने हो नियन्त्रण होइन । यस्ता कुराहरुलाई बङ्ग्याएर जान खोज्ने कुरा सर्वथा गलत हो । त्यसकारण अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार दृढ छ, त्यो अभिव्यक्ति मर्यादित होस्, सामाजिक सद्भावलाई बलियो बनाउने होस्, व्यक्तिको चरित्रहत्याको माध्यम नबोस भन्ने ढङ्गबाट यो कुरा ल्याइएको हो भन्ने बुझन उपमहासचिव ज्ञवालीको आग्रह छ ।
पछिल्लो समय समाचार के हो, के होइन, पत्रकार को हुन् को होइनन्, सत्य के हो सत्य के होइन भन्ने नयाँ बहस अगाडि आइरहेको उहाँले उल्लेख गर्नुभयो । यो प्रविधिसँगै आएको कुरा हो । प्रविधिले हामीलाई अत्यन्तै सुगम पनि बनाएको छ । यो सुविधालाई सदुपयोग गर्न उपमहासचिव ज्ञवालीले अनुरोध गर्नुभयो ।
उहाँले भन्नुभयो,“प्रविधिको प्रयोगसँगै सत्य र सही सूचनालाई जोगाउने चुनौति हाम्रा सामु एकदमै ठूलो बनेको छ । किनभने संसारैभरी अहिले मिस इन्फरमेशन र डिस इन्फरमेशनको बाढीभित्र बगिरहेको छ । यसलेगर्दा मान्छेहरुलाई सत्य के हो, असत्य के हो सही सूचनाहरु के हुन् मिथ्या वा भ्रामक सूचनाहरु के हुन् भन्ने बारेमा ठूलो प्रश्न चिन्ह छ । त्यसले सिङ्गो समाजको मनोविज्ञान नै रियाक्टिभ बनाएको छ । बडी रियाक्टिभ, आवेगात्मक र कोही पनि मान्छे सत्य असत्य के होला भनेर ग्रे यरियामा रहेर बहस गर्न तयार छैनन् । कि समर्थन छ कि विरोधमा छ । समर्थन पनि उग्रखालको ज्यानै लिने खालको देखिन्छ ।”
कुनैपनि समाचार सेकेण्ड भरमै सम्प्रेसण गर्न र त्यसलाई पुष्टी गर्ने अडियो भिजुयल पेश गर्न सकिन्छ । विचार सम्पे्रसणका लागि अब ठूला हाउससँग हात जोड्नुपर्ने अवस्था छैन । आफ्नो विचार, आफ्नो समाचार आफ्नै प्लेटफर्मम मार्फत सजिलै सम्प्रेसित गर्नसक्नुहुन्छ । र प्रविधिले हामीलाई यति ठूलोे सुविधाहरु दिएको उपमहासचिव ज्ञवालीको भनाई छ ।
उहाँले सिङ्गो सामाजिक मनोविज्ञानलाई तरङ्गित गरिरहेको स्थितिभित्र प्रेस चौतारी नेपाल एवम् श्रमजीविहहरुको हकहित र रक्षा गर्ने प्रश्न रहेको उल्लेख गर्नुभयो । अहिले पनि कैयौं मिडियाहरुमा न्युनतम पारिश्रमिक पनि नपाइकन सस्तोमा काम गर्नुपरेको छ । कतिबेला वीगहाउसहरुले राख्दैनन भन्ने टुङ्गो छैन । जीविकाकै चिन्ता भैसकेपछि क्वालिटीको सामग्री उत्पादन कहाँबाट होस् ? उहाँले भन्नुभयो । त्यसले गर्दा समाचारहरु सतही भैरहेको अवस्था पनि छ ।,त्यसकारण पेशागत चुनौतिहरु छन् यसका निम्ति लडनुपर्ने छ भने त्यो भन्दा बढ्ता सत्यको रक्षाका लागि प्रेस चौतारीले विशेष भूमिका खेल्नुपर्ने उपमहासचिव ज्ञवालीले औंल्याउनुभयो ।
सरकारको सन्दर्भलाई जोड्दै उपमहासचिव ज्ञवालीले राजनीतिक स्थायित्व कायम गर्ने, अर्थतन्त्रलाई गतिदिने, राष्ट्रिय हितको सम्वर्धन गर्ने र जनतामा आशा र भरोसा जगाउने उद्देश्यकासाथ नेकपा एमाले र नेपाली काङ्ग्रेस दुई ठूला पार्टीहरु मिलेर सहकार्य गरेको बताउनुभयो ।
केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले उद्देश्य अनुरुप अगाडि बढेको उहाँको भनाई छ ।
ताजा
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार
आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु
२०८२ चैत्र २६ गते, बिहीबार
सूर्योदय
२०८२ चैत्र २३ गते, सोमबार





















