भोलीदेखि तीन दिन विद्यालय बन्द गरि उद्द र र राहत कार्यमा जुट्न शिक्षा मन्त्रालयको अपिल
काठमाडौँ,१२ असाेज- शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले देशमा आएको अविरल वर्षाबाट भएको भौतिक र मानविय क्षतीका कारण भोलीदेखि तीन दिन विद्यालय बन्द र सबै परीक्षा स्थगित गरि उद्दार र राहतमा जुट्न सबै पक्षलाई आग्रह गरेको छ।
मन्त्रालयले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै सो आग्रह गरेको हो।
विज्ञप्तिमा अविरल वर्षाको कारण देशभर भएको जनधनको क्षतीप्रती दु:ख ब्यक्त गर्दै विश्वविद्यालय सहित सबै शैक्षिक संस्थाका परीक्षा स्थगित गर्ने र विद्यालयहरूमा उद्दार र बिपद ब्यबस्थापन सहजताका लागि देशैभरका विद्यालय असोज १३ गतेदेखि ३ दिन सम्म बन्द गर्न आग्रह गरेको छ।
स्थगित परीक्षा परिस्थितिकाे आँकलन गरेर उपयुक्त समयमा संचालन गर्न अनुरोध गरेको छ। विपदमा परि ज्यान गुमाउनेहरू प्रती श्रद्धाञ्जली सहित परिवारजनमा मन्त्रालयले गहिरो समबेदना प्रकट गरेको छ।
यसअघि कार्यबाहाक प्रधानमन्त्री प्रकाशशमान सिंहको अध्यक्षतामा बसेको विपद ब्यबस्थापन सम्बन्धि आकस्मिक बैठकले गरेको निर्णय अनुसार सो अनुरोध गरेको शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

ताजा
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार





















