‘शिक्षाको विकासमा सबैको चासो हुनुपर्छ’
अर्जुन काफ्ले
स्याङ्जा,२ असोज- गण्डकी प्रदेशका प्रमुख डिल्लीराम भट्टले शिक्षाको विकासमा सबैको चासो जानुपर्ने बताउनुभएको छ । फेदीखोला गाउँपालिकाले वडा नं–२, सिद्धार्थ माविमा गरिएको नवौँ संविधान तथा ४५ औँ राष्ट्रिय शिक्षा दिवसको अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा प्रदेशका प्रमुख डिल्लीराम भट्टले उक्त कुरा बताउनुभएको हो ।
शिक्षा नभई केही नहुने बताउँदै प्रदेशका प्रमुख भट्टले शिक्षा नभएको नागरिकसँग सबै भएर पनि केही नहुने बताउनुभयो । फेदीखोलाले शिक्षाको क्षेत्रमा प्रगति गरेको बताउँदै अन्य पालिकाले समेत यसलाई अवलम्बन गर्नुपर्नेमा उहाँको जोड छ ।
“अहिले प्राविधिक शिक्षा आवश्यक छ र प्राविधिक क्षेत्रमा फेदीखोलाले फड्को मारेको छ”, उहाँले भन्नुभयो, “यहाँका पर्यटकीय गन्तव्यको विकासमा सरकारले प्राथमिकतामा राख्नुपर्छ ।”
कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख खड्कराज सुवेदीले शैक्षिक विकासको लागि शिक्षक मात्र नभई विद्यार्थी र अभिभावकको समेत सोही अनुसारको जिम्मेवारी हुने बताउनुभयो ।
यस्तै, कार्यक्रममा गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी, उपाध्यक्ष देउकुमारी गुरुङ लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा शैक्षिक र्याली, झाँकी प्रदर्शनी गरिएको थियो भने उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थी पुरकृत तथा सम्मान गरिएको थियो ।


ताजा
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार





















