राष्ट्रिय शिक्षा दिवसको अवसरमा जिल्लाका शिक्षक र विद्यालयलाई सम्मान


वालिङ,२ असोज– शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाले राष्ट्रिय शिक्षा दिवसको अवसरमा जिल्लाका शिक्षक र विद्यालयलाई सम्मान गरेको छ ।
जिल्ला सदरमुकाम स्याङ्जामा आयोजित कार्यक्रममा शिक्षक र उत्कृष्ठ नतिजा ल्याउने विद्यालयलाई सम्मान गरेको हो । २०८० सालको एसईईमा संस्थागत विद्यालय तर्फ अंग्रेजी विषयमा जिल्लामै उत्कृठ नतिजा ल्याउन सफल भएको भन्दै वालिङ नगरपालिका ९ मा रहेको पिस जोन इन्टिग्रेटेड एजुकेशनल एकेडेमीका प्रधानाध्यापक यामप्रसाद डुम्रेलाई सम्मान गरेको छ । विषयगत विधातर्फ पहिलो भएको पिस जोन जिल्लाको समग्र नतिजामा भने दोस्रो भएको छ ।

यसै गरी नेपाली,गणीत,विज्ञान तथा प्रविधि विषयमा जिल्लामा उत्कृष्ठ नम्बर ल्याउन सफल भएको भन्दै नेपाल आदर्श माध्यमिक वालिङका शिक्षकहरु शिवलाल गौतम, पिताम्बर पौडेल, अमृत रेग्मी, अर्जुन थापा,प्रकाश सुवेदी सम्मानित हुनुभएको छ भने संस्थागत विद्यालय तर्फ नेपाल आदर्श मावि वालिङ प्रथम भएको छ ।

यसै गरी संस्थगत विद्यालय तर्फ सामाजिक विषयमा उत्कृष्ठ नतिजा ल्याउन सफल भएकोमा सगरमाथा अंग्रेजी आवासिय मावि वालिङका शिक्षक धुव्र तिवारीले सम्मानीत हुने अवसर प्राप्त गर्नुभएको छ । भने संस्थागत विद्यालय तर्फ सगरमाथा अंग्रेजी आवासिय मावि तेस्रो स्थान प्रप्त गर्न सफल भएको छ ।

सामुदायिक विद्यालय तर्फ सिद्धार्थ मावि फेदीखोला पहिलो , जनता मावि कालीगण्डकी दोस्रो र जनज्योति मावि चापाकोट तेस्रो भएकाछन् ।
सामुदायिक विद्यालय तर्फ विषयगतमा पूर्णामुत भवानि माविका शिक्षक अंग्रेजी विषय तर्फ दिपक लम्साल र नेत्रप्रसाद अर्याल सम्मानित हुनुभएको छ । नेपाली विषयमा प्रधुन्न पनेरु मावि आँधीखोलाका कृष्ण प्रसाद शर्मा, गणित विषयमा जनकल्याण मावि चापाकोटका दुर्गा प्रसाद चापागाई, विज्ञान तथा प्रविधिमा जन मावि अर्जुनचौपारीका दशरथ पौडेल, सामाजिक विषयमा जनज्योति मावि चापाकोटका गुरुप्रसाद पंज्ञानी सम्मानित हुनुभएको छ ।
यसैगरी कार्यक्रममा लगनशिल भएर काम गरेको भन्दै गंगलाल मावि चापाकोटका खेमराज भट्टराई, राष्ट्रि«य मावि वालिङका लोकराज कोइराला, सिर्सेकोट देउराली आधारभूत विद्यालय वालिङ १२ की प्रअ गौमती गुरुङ लगायत सम्मानीत हुनुभएको छ ।

२०७९ मा सईईमा चार जिपिए ल्याउन सफल पिस जोन इन्टिग्रेटेड एजुकेशनल एकेडेमीका छात्र संगित भुषाल र चिराग आवासिय मावि गल्याङका उमेश चापागाईको सम्मान पत्रका साथै विद्यालयको सम्मान पत्र विद्यालयका प्रअलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रमा शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जामा कार्र्यरत कर्मचारी प्राविधिक सहायक सुमित गैह्रेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले शैक्षिक गुणस्तर सुधारको लागि सबैले आआफ्नो तर्फबाट लागि प्रनुपर्नेमा जोडो दिनुभएको थियो । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले विद्यालयको गुणस्तर सुधारको लागि पालिकाहरुले विशेष पहल गर्नुपर्ने बताउदै योजना बनाएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख विश्वराज आचार्यले जिल्लाको शैक्षिक अवस्थाका बारेमा प्रकास पार्नुभएको थियो ।

ताजा

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने

२०८३ बैशाख २० गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal