अवैध क्रसरमा सिल

अर्जुन काफ्ले 

स्याङ्जा,१ असार- भीरकोट नगरपालिका १ मा रहेको अवैध क्रसरमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सिलबन्दी गरेको छ । प्रशासनले बजार अनुगमनका क्रममा भीरकोट खेलमैदानको नजिकै रहेको भुसाल इन्टरप्राइजेज नाम रहेको क्रसरमा सिलबन्दी गरेको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा खटिएको प्रशासनको अनुगमन टोलीले क्रसरको स्थलगत अनुगमन गरेपछि अवैध देखिएपछि सिल गरेको हो । उहाँले अनुगमनका क्रममा दर्ता नगरी सञ्चालन गरी पाइएकाले सिलबन्दी गरिएको बताउनुभयो । क्रसर उद्योग एक वर्ष पहिलाबाट यहाँ सञ्चालनमा आएको थियो भने गिट्टी र बालुवा बनाएर बिक्री हुँदै आएको थियो । 

आफू निर्माण व्यवसायी भएकाले पूर्वाधार विकास कार्यालयसँग समन्वय गरेर क्रसर चलाएको बताउँदै क्रसर सञ्चालक राम प्रदा भुसालले पालिकामा दर्ता गर्न खोज्दा नगरी दिएको बताउनुभयो । क्रसरबाट कुनै सामाग्री बिक्री वितरण नबेचेको बताउँदै भुसालले साथीहरूले कहिले काहीँ मागेमा सहयोग भने गरेको बताउनुभयो । 

पालिकाले नै गैर ढङ्गले क्रसर चलाएर बिक्री वितरण गरेको बताउँदै भुसालले प्रशासनले त्यसलाई नहेरी चुप चाप बसेको आरोप लगाउनुभयो । जिल्ला प्रशासनको अनुगमन टोलीले गल्याङ बजारमा रहेको फार्मेसी, होटेल र किराना पसल समेत अनुगमन गरेको थियो । 

अनुगमनका क्रममा बिल बिजक जारी नगरी कारोबार गर्ने सेवा हेल्थ केयर सेन्टरलाई १० हजार जरिवाना गरेको हो ।स्रोतःगोप

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal