विद्यार्थीद्वारा प्लास्टिकजन्य फोहोर सङ्कलन

अर्जुन काफ्ले

स्याङ्जा,२६ जेठ-  फेदिखोला गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीमार्फत ७५० केजी प्लास्टिकजन्य फोहोर सङ्कलन गरेको छ । 

पहिलो चरणमा सङ्कलित प्लास्टिकजन्य फोहोर यहाँका २१ सामुदायिक विद्यालयमध्ये १० विद्यालयका विद्यार्थीले फोहोर जम्मा गरेका हुन् । 

विद्यालय र घरलाई प्लास्टिक मुक्त बनाउने उद्देश्यले पालिकाले फोहोर सङ्कलन अभियान अगाडि बढाएको हो । विद्यार्थीद्वारा सङ्कलित प्लास्टिकजन्य फोहोर मैला व्यवस्थापन कार्यविधि २०८० निर्माण गरेर अभियान अघि बढाएको छ । 

पालिका अध्यक्ष घनश्याम सुबेदीले विद्यार्थीले जम्मा गरेको फोहोर विद्यालयमा ल्याएपछि पालिकाले प्रतिकेजी १० रुपियाँ प्रोत्साहन स्वरूप गाउँपालिकाले प्रदान गर्ने बताउनुभयो । यसको नियमन गर्न प्रत्येक विद्यालयमा पाँच सदस्यीय विद्यालय स्तरीय फोहोर मैला व्यवस्थापन समन्वय समिति गठन गरिएको सुवेदीले बताउनुभयो ।

पालिकालाई प्लास्टिकजन्य फोहोरमुक्त बनाउन विद्यालयबाट अभियान सुरु गरिएको बताउँदै सुवेदीले पालिकाले प्रशोधन केन्द्र पोखरासम्म ढुवानीको व्यवस्थापन गर्ने बताउनुभयो । पुरस्कारस्वरुप विद्यार्थीले पाउने रकम गाउँपालिकाले निःशुल्क खोलेको बैङ्क खातामा जम्मा गर्ने बताइएको छ । 

सिद्धार्थ माविका प्रधानाध्यापक लक्ष्मण शर्माले फोहोर न्यूनीकरणमा विद्यार्थीलाई जोड्ने अभियान प्रशंसनीय रहेको बताउनुभयो । प्लास्टिकजन्य फोहोर सबैभन्दा धेरै वडा ५ को मैदान माविका विद्यार्थीले ३८४ केजी फोहोर जम्मा गरेको छ । सिद्धार्थ माविले १५२ केजी जम्मा गरेको शिक्षा तथा खेलकुद शाखा प्रमुख रामचन्द्र गुरुङले बताउनुभयो । 

कार्यक्रम लागू भएसँगै यहाँका विद्यार्थीले आफ्नो घरबाट निस्किने प्लास्टिकजन्य फोहोर गाउँपालिकाले उपलब्ध गराएको बोरामा सङ्कलन गरेका छन् । यहाँ हरेक छ महिनाको अन्तरमा पालिकामा फोहोर जम्मा गर्ने गरिएको छ । विद्यार्थीलाई प्रोत्साहन स्वरूप वर्षमा एक पटक खातामा केही रकम पठाइने गरिएको छ । 

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal