स्याङ्जामा विपद् सहायता कक्ष स्थापना
स्याङ्जा,२४ जेठ- मनसुन आउनु पूर्व स्याङ्जामा विपद् व्यवस्थापनका लागि जिल्ला विपद् सहायता कक्ष स्थापना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले मनसुनजन्य विपद्बाट प्रभावितहरुको खोज उद्धार तथा राहत सम्वन्धी कार्य गर्नको लागि जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको छलफमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजनमा जिल्ला विपद् सहायता कक्ष स्थापना गरिएको हो ।
गृह मन्त्रालयले जिल्लामा विपद् सहायता कक्ष स्थापना गर्नु भन्ने निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय स्याङ्जा विपद् सहायता कक्ष स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो ।
जिल्लाका ११ ओटै स्थानीयतह, सुरक्षा समिति, जिल्ला स्थित उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, पत्रकार महासंघ र नागरिक समाज लगायतको सहभागितामा बसेको छलफलले जिल्ला विपद् व्यवस्थापन कक्षको स्थापनाका साथै सबै पालिकामा विपद् कक्ष संचालन गर्ने निणर्य भएको प्रजिअ नेपालले बताउनुभयो ।
छलफलका क्रममा अहिले सम्म विपद् व्यवस्थापनमा पालिकाले गरेका गतिविधि र आगामी दिनमा गर्न सकिने कामका जानकारी गराइएको थियो । गृह मन्त्रालय अन्तर्गत विपद् पूर्वतयारी तथा प्रतिकार्य महाशाखाले दिएको परिपत्र अनुसार मनसुनजन्य प्रकोप आउन अगाडी तयारी अवस्थामा रहन र जनधनको क्षतीको संरक्षण गर्न अपनाउनुपर्ने विधिका विषयमा सर्तक रहन अनुरोध गरेको थियो ।
सोही बमोजिम जिल्ला विपद् सहायता कक्षका लागि सहायक प्रजिअको संयोजनमा र स्थानीयतहमा प्रमुख प्रशासकीय अधिकृतको संयोजनमा समिति गठन गर्ने निणर्य भएको छ । जिल्ला व्यवस्थापन सहायता कक्ष संचालन समितिको सदस्यहरुमा जिल्ला स्थित सुरक्षा निकायका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी, जिल्ला उद्योग वाणिज्य संघ, पत्रकार महासंघको प्रतिनिधि, नागरिक समाजको प्रतिनिधि रहने र जिल्ला आपतकालिन केन्द्रका प्रतिनिधि सदस्य सचिव रहने छन् ।
मनसुन शुरु हुन लागेकोले यसबाट हुनसक्ने प्रकोपबाट बच्न र बचाउन सबै एकसाथ लाग्नुपर्ने प्रजिअ नेपालको अनुरोेध छ । प्राकृति होस वा जुनसुकै विपद् सूचना दिएर आउदैन छलफलमा निर्देशन दिदै प्रजिअ नेपालले भन्नुभयो,‘जस्तोसुकै विपद्को सामना र प्रतिकार्यको तयारीमा रहिरहनु होला ।’ विपद्का बेला आलटाल, चासो र संवेदनशिल नबनेको देखिएमा कारवाही समेत हुने चेतावनी प्रजिअ नेपालले दिनुभएको छ । विपद्का बेला सबैसगँ समन्वय गर्दै हरेक पालिकामा रहेका उद्धारका सामाग्रीहरु तमतयार अवस्थामा राख्न समेत प्रजिअले सहभागीहरुलाई आग्रह गर्नुभएको छ ।
सहभागीहरुले संयुक्त प्रयासले मात्रै विपद्को सामना गर्न सकिने बताएका थिए । मनसुनजन्य प्रकोपबाट जोगाउन र जोगिन जिल्लाका सबै नागरिक सचेत रहन समेत जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आग्रह गरेको छ । बाढी पहिरो लगायतका विपद्जन्य अवस्था आएमा नजिकको प्रहरी चौकी वा स्थानीय तहका सहायता कक्षमा खबर गर्न सबै नागरिकहरुलाई सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् सहायता कक्षका संयोजक दीपक पौडेलले आग्रह गनुभएको छ ।
ताजा
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार





















