प्रहरीलाई कुटपिट गरेको आरोपमा युवा पक्राउ
वालिङ,२३ वैशाख- वालिङ नगरपालिका वडा नम्बर १३ बायाँटारी स्थित झलुङ्गे बजारमा शनिबार राति प्रहरीलाई कुटपिट गरेको आरोपमा प्रहरीले तीन जना युवालाई नियन्त्रणमा लिएको छ । झलुङ्गे बजारमा युवाहरुले झैझगडा गरेको भन्ने सूचनाको आधारमा थुमपोखरा प्रहरी चौकीबाट प्रहरी सो ठाउँमा पुगेको र सम्झाउने क्रममा प्रहरी माथि नै आक्रमण भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । मादक पदार्थ सेवन रेका युवाहरुको आर्कमण बाट थुमपोखरा प्रहरी थौकीका प्रहरी सहायक निरीक्षक मनोज कुमार सिंह घाइते भएको र कुटपिट गरेको आरोपमा वालिङ नगरपालिका वडा नम्बर १२ का २८ वर्षीय रविन गुरुङ, २५ वर्षीय काजी गुरुङ र २४ वर्षीय सुुदिप गुरुङलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । घाइते मनोज कुमार सिंहको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
ताजा
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार





















