अक्खा लिपि सिक्दै वालिङका मगरसमुदाय


कला राना
वालिङ,१० वैशाख- वालिङमा अक्खा लिपि सम्बन्धी तालिम शुरु भएको छ । वालिङ नगरपालिकाको आर्थिक सहयोग र नेपाल मगर संघ वालिङ नगरसमितिको आयोजनामा १५ दिने अक्खा लिपि सम्बन्धी तालिम शुरु भएको हो । मगर भएकोमा गर्व गरौँ मगर भाषा बोलौँ, अक्खा लिपिमा लेखौँ मगर संस्कार संस्कृतिको जर्गेना गरौँ मगर भाषा लिपि सिकौँ भावी सन्तानलाई सिकाऔँ भन्ने नाराका साथ शुरु भएको मगर भाषा अक्खालिपि सम्बन्धी तालिममा वालिङका विभिन्न वडाबाट मगर प्रशिक्षार्थीको सहभागिता रहेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल मगर बौद्ध सेवा समाज वालिङका संस्थापक क्याप्टेन हर्कबहादुर थापाले आफ्नो मातृ भाषाको संरक्षण गर्नका लागि मगर समुदाय एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय निर्वाचन सदस्य तेजबहादुर आलेले नेपालमा संविधान प्राप्त गर्न होस या लोकतन्त्र, गणतन्त्र प्राप्तिका लागि होस मगर समुदायको योगदान महत्वपूणर् रहेको बताउनुभयो । यसैगरी नेपाल मगर संघ केन्द्रिय सदस्य खगिसरा थापाले मगर रितिरिवाजलाई अनुशरण गर्नुपर्ने भन्दै नारा र भाषणले मात्रै मगर संस्कारको संरक्षण नहुँने बताउनुभयो । मगर भाषा संस्कार र संस्कृतिलाई सहि ढंगले अगाडि बढाउन नसकिएको भन्दै यसका लागि मगर एकताले मात्रै यो संभव रहेको थापाले बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर संघ स्याङ्जाका संस्थापक अध्यक्ष पुणर्बहादुर थापा, प्रशिक्षक भाषाविद एवं नेपाल मगर लेखक संघका केन्द्रिय सदस्य प्राज्ञिक पुणर्बहादुर रानामगर, मगर संघ गण्डकी प्रदेश सदस्य क्या.डिलबहादुर थापा, मगर संघ जिल्ला उपाध्यक्ष उमेश दर्लामी, क्या. गगनसिंह थापा, नेपाल मगर संघ जिल्ला सदस्य सुवेदर तेजबहादुर थापा, निर्वतमान वडा सदस्य केशबहादुर थापा, मगर महिला संघ वालिङ नगर अध्यक्ष सुमित्रा थापालगायतले बोल्नुभएको थियो । कार्यक्रममा भाषाविद पुणर्बहादुर राना र रत्नबहादुर पल्लीले प्रशिक्षण दिनुहुनेछ ।

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal