जिप दुर्घटनामा पाँचजना घाईते

अर्जुन काफ्ले 

स्याङ्जा,१० चैत- वालिङ नगरपालिका वडा नं. ११ छत्युनमा बोलेरो जिप दुर्घटनामा नौजना घाइते भएका छन् । भित्री सडक खण्डमा वालिङबाट धनपुरतर्फ जाँदै गरेको ग २ च ७४७९ नं. को बलेरो जिप ब्रेक फेल भई सडकबाट २० मिटर तल खसेको हो । प्रहरी उपरीक्षक इन्द्रबहादुर रानाले जिप दुर्घटनामा पाँचजना गम्भीर घाइते भएको बताउनुभयो ।

जिप दुर्घटनामा वालिङ नपा ११ छत्युनका ७७ वर्षीय रनबहादुर मगर, ७५ वर्षीय लाटी मगर, भिरकोट नपा ५ का ३० वर्षीय विन्दु खवास, वालिङ नपा ११ जुहानखोला बस्ने ३६ वर्षीय हुमकला पंगेनी, १७ वर्षीय करिना खवास गम्भीर घाइते भएको रानाले बताउनुभयो । गम्भीर घाइतेको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको रानाले बताउनुभयो । दुर्घटनामा चालकवालिङ नपाका ज्ञान प्रसाद पंगेनी, सुकमाया सुन्धौली, नम्रता खत्री घाइते भएको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको रानाले बताउनुभयो । 

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal