वालिङ महोत्सवमा उर्लियो जनसागर,प्रवेश गर्न नसकेर घर फर्किए केही दर्शक

हिमलाल पराजुली

वालिङ,२७ माघ- वालिङमा सञ्चालन भइरहेकाे आठौं वालिङ महाेत्सवमा शनिबार जनसागर उर्लिएकाे छ। वालिङ उद्याेग वाणिज्य संघकाे आयाेजनामा यहि माघ १८ गते देखि सुरुभएकाे आठौं महाेत्सवमा दशाैं दिन देखिएकाे दर्शककाे उपस्थितीले वालिङमा यश भन्दा अघिका महाेत्सवकाे रेकर्ड ताेडेकाे छ।

शनिबार मेला हेर्न आएका कतिपय दर्शकहरु महाेत्सव स्थलमा प्रवेश गर्न नसकेर त्यसै घर फर्किएका थिए भन्ने बालबच्चा सहित महाेत्सव हेर्न आएका दर्शकहरु प्रवेश द्वारमा भएकाे ठेलमठेलले समस्यामा परेकाथिए। भिडलाई नियन्त्रण गर्न खटिएका सुरक्षा कर्मीलाई भिड नियन्त्रण गर्न हम्मेहम्मे भएकाे थियाे। दर्शककाे अत्याधिक भिडभएपछि एक स्टलबाट दर्शकलाई भित्र प्रवेश गराइएकाे थियाे भने महाेत्सवकाे आँधीखाेला किनार पट्टि रहेकाे विशेष प्रवेश द्वार समेत खुला गरिएकाे थियाे।

शनिबार गाउँगाउँबाट दर्शकहरु एकैदिन आउदा महाेत्सवमा बढि भिएभएकाे वालिङ उद्याेग वाणिज्य संघका अध्यक्ष एवं महाेत्सव मुलआयाेजक समितिका संयाेजक चेतनारायण श्रेष्ठले बताउनुभयाे। वालिङ महाेत्सवलाई दर्शकहरुले विशेष रुपमा लिएकाे समेत संयाेजक श्रेष्ठकाे भनाइ थियाे।

महाेत्सवकाे दशाैं दिन पनि स्याङ्जा डान्स आइडल सिजन थ्री, लोक भजनगीत, रत्यौलीगीत तथा विद्यालय स्तरीय नृत्यलगायतका प्रतियोगितात्मक कार्यक्रमहरुको साथमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुतिले महाेत्सवमा दर्शकहरुलाई आकर्षण गरेकाे थियाे। 

शनिबार पनि स्थानीय प्रतियोगितात्मक कार्यक्रमकोसाथमा चर्चित कलाकारहरुको प्रस्तुति रहेको थियो । राष्ट्रिय कलाकारहरुमा रामजी खांँण, शिव हमाल, राजु गुरुङ दुर्गेश थापा, अर्जुन गैह्रे, नेत्र खड्का, पार्बती गुरुङ, पप आधुनिक गायक रबि रिमालको साङ्गितिक प्रस्तुतिले जनसागरलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो । यसकासाथै पछिल्लो समयकी चर्चित मोडल तथा डान्सर अस्मिता रनपाल र सन्तोश बस्यालको नृत्य एवम् हास्य कलाकार दिनेश काफ्लेले दर्शकदीर्घालाई हुटिङसहित थप मनोरञ्जित बनाएको थियो । साँझ लक्ष्य व्याण्ड पोखराको साङ्गीतिक प्रस्तुतिले बाक्लो उपस्थितिमा रहेका युवा समूहलाई तताएको थियो ।

आइतबार समापनका दिनको आकर्षणमा शिव हमाल, सम्झना लामिछाने मगर, कृष्ण अखेली, सबिना गुरुङ, शिवहरि ढुङ्गाना, मदन परियार, राम तिवारीको साथमा डान्सर सगुन थापाको प्रस्तुति रहने प्रचार प्रसार एवम् कलाकार संयोजन उपसमितिका संयोजक पिताम्वर खनाल (शुसिल) ले जानकारी दिनुभयो ।

आइतबार २८ गते समापन हुने वालिङ महोत्सवको समापन कार्यक्रमको प्रमुख अतिथि पूर्व मन्त्री एवं एमाले सचिव पद्मा अर्याल आउने वालिङ उद्योग वाणिज्य संघका सचिव तथा प्रचार प्रसार उपसमितिका संयोजक पिताम्वर खनाल (शुसिल) ले जानकारी दिनुभयाे।

ताजा

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal