वालिङ महाेत्सवमा साँझ ५ बजेसम्म पनि टीकट किन्नेहरुको भीड उत्तिकै, शनिबार अहिलेसम्मकै धेरै कलाकारको प्रस्तुति रहने

वालिङ,२६ माघ- वालिङ खेलमैदानमा यही माघ १८ गतेदेखि सुरु आठौं संस्करणको महोत्सव चलिरहेको छ । सुरुका दिनदेखि नै दर्शकहरुको दैनिक उत्साहजनक उपस्थिति रहँदै आएको छ । यही २८ गतेसम्म सञ्चालन हुने महोत्सवको आज शुक्रबार नवौंदिन अझ बढि दर्शकहरुले उपस्थिति जनाएका छन् । अब दुईदिन मात्र बाँकि छ, महोत्सवको उत्तरार्धमा आएर साँझसम्म पनि दर्शक आउने क्रम रोकिएन । यतिसम्म कि साँझ ५ बजेसम्म पनि टीकट काट्नेहरुको भीड लागिरह्यो ।

स्याङ्जा डान्स आइडल सिजन थ्री, लोक भजनगीत, रत्यौलीगीत तथा विद्यालय स्तरीय नृत्यलगायतका प्रतियोगितात्मक कार्यक्रमहरुको साथमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति महोत्सवका आकर्षणहरु रहेका छन् । राष्ट्रिय कलाकारहरुकासाथै स्थानीय प्रतिभाका प्रस्तुति हेर्न पाइने भएपछि आम नागरिकहरुमा पनि सकारात्मक प्रभाव पारेको अनुमान गर्न सकिन्छ ।

शुक्रबार स्थानीय प्रतियोगितात्मक कार्यक्रमकोसाथमा नियमित कार्यक्रम अनुसार राष्ट्रिय कलाकारहरुका प्रस्तुतिले दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेको उनिहरुको उत्साहले देखाएको छ । हरेक प्रस्तुतिमा दर्शकहरु स्वतः स्फूर्तरुपमा नाच्ने, ताली बजाउने र हुटिङ गर्ने जस्ता उत्साहजनक गतिविधीले महोत्सवलाई थप उर्जा प्रदान गरेको देखिन्छ ।

राष्ट्रिय कलाकार बद्रि पङ्गेनीको रुवाउने देखि रमाउनेसम्मका गीति प्रस्तुतिले मन्त्रमुग्ध पार्नुकासाथै उनको सांङ्गीतिक माहौलले दर्शकहरुलाई नचाएको थियो । यसैगरी ,रामजी पौडेल, तुलसा जिसी, सरस्वती लामिछाने, बालकृष्ण वाग्ले र पप आधुतिक गायिका एञ्जिला रेग्मीकोले दर्शकदीर्घालाई थप मनोरञ्जन प्रदान गरेको थियो । देश विदेशमा चर्चित कलाकार धुर्मुस सुन्तलीको हास्य खुराँकमा दर्शकहरुमा थप रोचकता ल्याएको थियो ।  यस्तै पछिल्लो समयकि चर्चित डान्सर अस्मिता रनपाल, रोशन बिसी र दिपेस एसकेले नृत्यको स्वाद दिलाएका थिए ।

यस्तै भोलि शनिबार स्थानीय प्रतियोगितात्मक कार्यक्रमकोसाथमा अहिलेसम्मकै सबैभन्दा धेरै कलाकारहरुको प्रस्तुति रहने महोत्सवका कलाकार संयोजन उपसमितिका संयोजक पिताम्वर खनाल (शुसिल) ले जानकारी दिनुभयो । शनिबारका राष्ट्रिय कलाकारहरुमा रामजी खांँण, शिव हमाल, राजु गुरुङ दुर्गेश थापा, अर्जुन गैह्रे, नेत्र खड्का, पार्बती गुरुङ, पप आधुनिक गायक रबि रिमाल, मोडल तथा डान्सर अस्मिता रनपाल र सन्तोश बस्याल, हास्य कलाकार दिनेश काफ्m्ले एवम् साँझ लक्ष्य व्याण्ड पोखराको प्रस्तुति रहने छ ।

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal