दर्शकहरुद्वारा वालिङ महोत्सवको निरन्तरताका लागि अनुमोदन
वालिङ,२४ माघ- २०६३ सालदेखि वालिङ खेलमैदानमा महोत्सव सञ्चालन गर्दै आएको वालिङ उद्योग वाणिज्य संघले कोरोना महामारी र देशभर छाएको आर्थिक शिथिलताका कारण अलमल गरिरहेको थियो । २०७५ सम्म सातौं संस्करण सम्पन्न गरेको संघले आर्थिक चलायमानसँगै वालिङको शानलाई उजागर गर्न महोत्सवले खेलेको भूमिकालाई मध्येनजर गरेर आठौं महोत्सव सञ्चालनमा अगाडि बढ्यो । आठौं वालिङ महोत्सव सञ्चालनका सन्दर्भमा कहिले कार्यक्रम स्थल त कहिले प्रतिकूल समयलगायतका विषयले अलमल पारेको थियो । अलमल र केही विवादका वावजुद पनि संघले महोत्सव आयोजना गर्ने निधो गर्यो । फलस्वरुप यही माघ १८ देखि आठौं वालिङ महोत्सव २०८० सुरु भयो । यसपटकको महोत्सवको आयोजकमा वालिङ नगरपालिका पनि रहेको छ । सुरु भैसकेपछि पनि महोत्सव सफल, असफलका चर्चा चलिरहे । तर ढुलमुले चर्चा गर्नेहरु चर्चामै सीमित रहे, किनकि वालिङको शानलाई उजागर गर्नुपर्छ भनेर नागरिकहरुद्वारा वालिङ महोत्सवको निरन्तरताका लागि अनुमोदन गरेका छन् । दैनिकरुपमा उनीहरुको उत्साहजनक उपस्थितिले वालिङ महोत्सवको निरन्तरताका लागि अनुमोदन गरेको पुष्टी गराएको छ ।

यही २८ गतेसम्म सञ्चालन हुने महोत्सवको आजसम्म आइपुग्दा सातौंदिन पार गरिसकेको छ । महोत्सवमा दैनिकरुपमा दर्शकहरुको भीड लागिरको छ । स्याङ्जा डान्स आइडल सिजन थ्री, लोक भजनगीत, रत्यौलीगीत तथा विद्यालय स्तरीय नृत्यलगायतका प्रतियोगितात्मक कार्यक्रमहरुको साथमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति महोत्सवका आकर्षणहरु रहेका छन् । राष्ट्रिय कलाकारहरुको प्रस्तुतिकासाथै स्थानीय प्रतिभा प्रस्फुटन हुने भएपछि आम नागरिकहरुमा पनि सकारात्मक प्रभाव पारेको अनुमान गर्न सकिन्छ ।
यसैबीच आज बुधलबार स्थानीय प्रतियोगितात्मक कार्यक्रमकोसाथमा नियमित कार्यक्रम अनुसार राष्ट्रिय कलाकारहरुका प्रस्तुतिले दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेको उनिहरुको उत्साहले देखाएको छ । हरेक प्रस्तुतिमा दर्शकहरु स्वतः स्फूर्तरुपमा नाच्ने, ताली बजाउने र हुटिङ गर्ने जस्ता गतिविधीले उमङ्ग र उत्साहकासाथै महोत्सवलाई थप उर्जा प्रदान गरेको स्पष्ट छ ।

आजको प्रस्तुतिमा रचना रिमाल, प्रकाश पराजुली, सुजन लम्साल, उमादेवि खनाल, प्रिन्स लम्साललगायत राष्ट्रिय कलाकारको प्रस्तुतिले दर्शकहरुलाई झुमाएको थियो । सागर लम्साल बलेको हास्य प्रस्तुति र सृजना गुरुङको नृत्यले थप मनोरञ्जित बनाएको थियो । यसैगरी भोलि बिहिबार राष्ट्रिय कलाकार पूणर्कला विसी, चोलेन्द्र पौडेल, गोपाल जिटी, इन्द्रा गुरुङ, सीता परियार र गोविन्द रिजालकोसाथमा लोक आधुनिक तर्फ रमेशराज भट्टराई एवम् नृत्यकार सृष्टि बिकको प्रस्तुति रहने कलाकार संयोजन उपसमितिका संयोजक पिताम्वर खनाल (शुसिल) ले जानकारी दिनुभयो । यसैगरी हास्यतर्फ पुर्खे बा को विशेष प्रस्तुति रहने पनि कलाकार संयोजन उपसमितिका संयोजक खनालले बताउनुभयो ।

ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















