वालिङ महोत्सवमा व्यापार गरिरहेका व्यापारीसंग नगरपालिकाको चियापान


वालिङ,२४ माघ- वालिङ नगरपालिकाले आठौँ वालिङ महोत्सवमा व्यापार व्यवसाय गरिरहेका व्यापारीहरुसंग चियापान तथा अन्तरक्रिया गरेको छ । यही माघ १८ गतेबाट वालिङ उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको आठौँ महोत्सवमा व्यापारको लागि आएका व्यापारीहरु संग नगरपालिकाले बुधबार महोत्सव स्थलमै पुगेर चियापान तथा अन्तरक्रिया गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खांणले वालिङ नगरपालिका पनि महोत्सवको आयोजक रहेको भन्दै महोत्सव सफल बनाउन नगरपालिका तथा सिंगो वालिङ लागिपरेको बताउनुभयो ।
बाहिर आएका हल्ला अनावश्यक रहेको भन्दै वालिङ महोत्सवले वालिङलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा चिनाउन मद्दत गरेको बताउँदै बाहिरबाट आउनुभउका व्यावसायीलाई स्वागत गर्दै नगरपालिका साथमा रहेको प्रमुख खांणले बताउनुभयो ।
नगरप्रमुख खांणले भन्नुभयो,“बाहिर आएका हल्लाको कुनै तुक छैन् । वालिङ महोत्सव हामी सबैको पर्व तथा साझा मञ्च हो । महोत्सवलाई सफल पार्न यहाँको स्थानीय सरकार सहित आम सर्वसाधरण उत्तिकै लागिरहनुभएको देखिएको छ । महोत्सवको सातौँ दिनआईपुग्दा जनसहभागिता बढ्दो छ । महोत्सवले विगतदेखि वालिङको पहिचान बनाउन टेवा पुर्‍याउँदै आएको छ, बनाएको छ ।”
कार्यक्रममा निर्वतमान नगरप्रमुख दिलिपप्रताप खांणले महोत्सव सफलतातर्फ उन्मुख भएको भन्दै महोत्सवमा सुरक्षा व्यवस्थालाई विषेश ध्यान दिन आग्रह गर्नुभयो । निर्वतमान नगरप्रमुख खांणले भन्नुभयो,“महोत्सवलाई व्यवस्थित गर्न सुरक्षा महत्वपुणर् पक्ष हो । धेरै जनसागर सहभागि हुने कार्यक्रममा सुरक्षा बलियो बनाउनुपर्छ ।”
साथै कुनै पनि कदम चाल्दा तथा कुनै कार्य सम्पन्न गर्दा केहि सकरात्मक र केहि नकरात्मक कुराहरु दुवै आउने भन्दै त्यस्ता दुवै पक्षलाई समन्वयकारी भुमिका निर्वाह गर्दै अगाडि बढ्न सुझाव दिनुभयो । कार्यक्रममा महोत्सवमा व्यापार गर्दै अएका व्यापारीहरुले मौसम प्रतिकुलताका कारण महोत्सवको उद्दघाटन र भोलीपल्ट व्यापार नभउको गुनासो गर्दै थप दुई दिन महोत्सव लम्ब्याउन आग्रह गरेका थिए । साथै उनीहरुले स्टलको शुल्क महंगो र व्यापार कम भएको गुनासो समेत गरेका थिए।

ताजा

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु

२०८३ भाद्र २६ गते, शुक्रबार

लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने

२०८३ भाद्र २६ गते, शुक्रबार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

२०८३ भाद्र २६ गते, शुक्रबार

पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा

२०८३ भाद्र २५ गते, बिहीबार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal