वालिङ महोत्सव उल्लेख्य दर्शकको सहभागिता
वालिङ, २२ माघ- “हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने नाराका साथ आयोजित आठौँ वालिङ महोत्सवको छैठौँ दिन पनि उल्लेख्य दर्शकले अवलोकन गरेका छन् । वालिङ उद्योग वाणिज्य संघद्धारा आयोजित आठौँ वालिङ महोत्सवमा हरेक दिन फरक फरक कलाकारको प्रस्तुति, दैनिक प्रतियोगितात्मक कार्यक्रमहरुले दर्शकलाई मनोरञ्जन प्रदान गरेको छ ।
महोत्सवको उद्घाटनदेखि नै हरेक दिन उत्साहजनक दर्शकको सहभागिता रहेको आयोजकले जनाएकाछन् । आठौँ वालिङ महोत्सवमा दर्शकको निकै आर्कषण बढेको महोत्सव आयोजक मुल समितिका संयोजक चेतनारायण श्रेष्ठले बताउनुभयो ।
महोत्सवमा स्थानीय उत्पादन गर्ने उद्यमीहरुलाई आफ्नो उत्पादनको प्रचारप्रसार र विक्रि वितरणको लागि निशुल्क स्टल प्रदान गरिएको बताउदै महोत्सवमा कालीगण्डकी गाउँपालिका देखि पुतलीबजार नगरपालिकासम्मका स्थानीय उत्पादनहरु राखिएको छ ।
पुतलीबजारमा रहनुभएका महिला उद्यमीहरुलाई निशुल्क स्टल प्रदान गरि आफ्नो उत्पादनको प्रोत्साहन तथा विक्रि वितरण गर्न वालिङ सहित जिल्लाका अन्य पालिकाहरुलाई समेत स्टल निशुल्क दिईएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कालीगण्डकीमा उत्पादन भएका केराको थामबाट बनेका सामाग्रीदेखि पुतलीबजारमा बनेका अचार तथा झोला प्रर्दशनीसंगै विक्रिका लागि स्टल प्रदान गरेका छौँ ।”
२०६३ सालदेखि संघले हरेक दुई वर्षको अन्तरमा आयोजना गर्दै आएको वालिङ महोत्सव यसपटक भने कोभिडका कारण ५ वर्षको अन्तरालमा सञ्चालन गरिएको हो । धेरै वर्षको अन्तरालमा गरिएकाले पनि हरेक दिन दर्शकहरुको सहभागिता उत्साहजनक नै रहेको देखिएको छ ।
महोत्सवको छैठौँ दिन आज युवाहरुको माँझमा लोकप्रिय गायिका एलिना चौहानको प्रस्तुतिले दर्शकलाई निकै मनोरञ्जन प्रदान गरेको थियो भने लोक गायक खुमन अधिकारी, जिवन दहाल, शंकर विरही गुरुङ, सुमन थापा, रितु शाहि, मुक्त खवास, सन्दिप बस्याल, सुरज श्रेष्ठको रमाईलो प्रस्तुति र नृत्यकार सलिना थापाको नृत्यले दर्शकले निकै मनोरञ्जन लिएका थिए ।
त्यस्तै भोली बुधबार रचना रिमाल, प्रकाश पराजुली, सुजन लम्साल, सम्झना लामिछाने मगर, माया गुरुङ, उमादेवि खनाल, प्रिन्स लम्सालको प्रस्तुति रहनेछ भने हास्यतर्फ सागर लम्साल बले र नृत्यकार सृजना गुरुङको प्रस्तुति रहनेछ ।
दैनिक प्रतियोगितात्मक प्रस्तुति अन्तरगत स्याङ्जा डान्स आईडलमा २ जना , विद्यालयस्तरीय नृत्य प्रतियोगितामा २ विद्यालय, रत्यौली गीत प्रतियोगितामा २ समुहले आफ्ना एकल तथा सामुहिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

ताजा
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार





















