प्रेस चौतारीको २६ औं स्थापना दिवसमा वृद्ध आमालाई न्यानो कपडा
वालिङ,२२ माघ- प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा स्याङ्जा शाखाले वृद्ध आमाहरुलाई बलाङकेट वितरण गरेको छ ।
आठौं वालिङ महोत्सवमा सहभागी ८० वर्ष नाघेका ५ जना आमा र एक जना फरक क्षमता भएका व्यक्तीलाई बलाङकेट प्रदान गरिएको प्रेस चाैतारी स्याङ्जा शाखाले जनाएको छ ।

जाडो समयमा पत्रकारको न्यानो माया स्वरुप महोत्सव स्थलमा कार्यक्रम गरिएको प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हिमलाल पराजुलीले बताउनुभयाे ।
फरक क्षमता भएका वालिङ ९,का आत्मराम कँडेल ८७ वर्षीय छलिकुमारी सुवेदी, ८६ वर्षीय पवित्रा सुवेदी,८५ वर्षीय गंगा पराजुली, ८० वर्षीय गंगा कुमारी थापा र ख्याम कुमारी थापालाई बलाङकेट प्रदान गरिएको हो ।

गत वर्ष दुर्घटना निराकरण गर्न स्लो मोटरसाईकल रेस प्रतियोगिता गरेको स्याङ्जा शाखाले यस वर्ष न्यानो लुगा स्वरुप बलाङकेट वितरण गरेको हो । ८० काटेका वृद्धहरुसँग संचारकर्मी भन्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको जिल्ला अध्यक्ष सुशील सुवेदीले बताउनुभयाे ।
प्रेस चौतारी नेपालको स्थापना २०५४ साल माघ २२ गते भएको थियो । पत्रकारहरुको हक हितमा काम गर्दै आएको यस संस्थामा आवद्ध देशभरका शाखाहरुले विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाएका छन् ।

ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















