वालिङ महोत्सव आज देखि सुरुः गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने


हिमलाल पराजुली
वालिङ,१८ माघ-“हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने मूल नाराका साथ आठौं वालिङ महोत्सव आज देखि सुरु हुदैछ । वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाको आयोजनामा हुन गहिरहेको महोत्वसको आज दिउसो गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेकोछ । महोत्सव आयोजक वालिङ उद्योग वाणिज्य संघले महोत्सवको सम्पूणर् तयारी पुरा भएको जनाएको छ ।
वालिङ उद्ययोग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव आयोजक समितिका संयोजक चेतनारायण श्रेष्ठले सम्पूणर् नगरका साथै जिल्ला वासीहरुलाई वालिङ महोत्सवमा उपस्थित भएर महोत्सव सफपार्न आग्रह गर्नुभएको छ ।
जिल्लाकै मध्यभागमा रहेको वालिङ स्थित खेलमैदानमा हुन लागेको महोत्सवलाई सबैले चासोको रुपमा हेरेको पाइन्छ ।
महोत्सवमा कृषि, पर्यटन, कलासंस्कृतीकाका साथै स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको वालिङ उद्योग वाणिज्य संघका महासचिव रमेश अर्यालले जानकारी दिनुभयो ।

महोत्सव निर्देशन समितिका संयोजक शोभाकान्त पौडेलले वालिङ महोत्सव वालिङको मात्रै नभएर समग्र स्याङ्जा जिल्लाकै पहिचान र प्रतिष्ठाको विषय भएकोले सबै आ-आफ्नो ठाउँबाट महोत्सवमा सहभागि भएर भव्यरुपमा सम्पन्न गर्न लागिपर्नुपर्न बताउदै यो महोत्सवले सिथिल बनेको आर्थिक अवस्थालाई चलायमान बनाउने समेत बताउनुभयो ।

पाँच वर्षको अन्तरालमा आज देखि सुरु हुनलागेको महोत्सवमा सबैक्षेत्रको व्यापक सहभागित रहने वालिङ उद्योग वाणिज्य संघका सचिव एवं महोत्सव प्रचाप्रसार समितिका संयोजक पिाताम्बर खनाल (सुसिल) ले जानकारी दिनुभयो ।
महोत्सवमा चार सय बढि स्टल रहेको र सबै स्टलहरु बुक भइसकेको वालिङ उद्योग वाणिज्य संघका सहकोषाध्यक्ष एवं महोत्सव स्टल संयोजक केशव पराजुलीले जानकारी दिनुभयो ।

वालिङ मोत्सवको सुरुहुने दिनसम्म आइपुग्दा धोजापतकाका साथै स्वागत द्वारले सिगारिएर वालिङ बजार झकिझकाउ देखिएको छ । महोत्सव भरको अवधिमा दश करोड बढिको कारोबार हुने आयोजकको भनाइ रहेको छ ।
आज दिउसो बिभिन्न झाकी एवं बाजागाजा सहितको र्याली सहित महोत्सवको उद्घाटन गर्ने तयारी रहेको छ । वालिङ खेल मैदानमा आज देखि सुरुहुने महोत्सव यही माघ २८ गते सम्म सञ्चालन हुनेछ ।

ताजा

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal