पाँच वर्षको अन्तरालमा गरिएको वालिङ महोत्सवमा उत्साहजनक उपस्थिति हुन्छः अर्याल


गोपाल जिटी
वालिङ,१४ माघ- यही माघ १८ देखि २८ गतेसम्म स्याङ्जाको वालिङ खेलमैदानमा आठौं वालिङ महोत्सव हुँदैछ । वालिङ उद्योग वाणिज्य संघद्वारा २०६३ सालदेखि सुरु गरिएको वालिङ महोत्सव प्रत्येक दुइवर्षमा गर्दै २०७५ सम्म सातौं संस्करण सम्पन्न भएको थियो । कोरोना महामारीका कारण यो बीचमा मेला महोत्सव सञ्चालन पनि प्रभावित हुन पुगेको थियो । समय अनुकुलतालाई हेरेर अहिले आठौं संस्करणको महोत्सव सञ्चालन हुँदैछ ।
वालिङ महोत्सवलाई गण्डकी प्रदेशकै सफल र उत्कृष्ट महोत्सवकारुपमा लिइन्छ । यसै अनुसार विगतको निरन्तरतासँगै अहिले आठौं संस्करणको महोत्सव सञ्चालनमा लागिएको आयोजक संस्था वालिङ उद्योग वाणिज्य संघले जनाएको छ । यसैबीच पाँचवर्षको अन्तरालमा गरिएको महोत्सवमा थप उत्साहजनक उपस्थिति रहने आठौं वालिङ महोत्सवका जग्गा व्यवस्थापन तथा अनुगमन उपसमितिका संयोजक पुन्य प्रसाद अर्यालले बताउनु भएको छ ।

विगतका महोत्सवलाई निरन्तरता दिदै वालिङको गरिमा र प्रवद्र्धनलाई टेवा पुग्ने हिसाबले अहिलेको महोत्सव सफलतापूर्वक सम्पन्न हुने उहाँको भनाई छ । गतवर्ष राष्ट्रिय महिला फुटवल सञ्चालनका लागि नगरपालिकाले खेलमैदानमा लगाएको दुवो मासिन्छ कि, विग्रिन्छ कि भन्ने चिन्ता हामी सबैलाई लागेको विषय हो । दुवोलाई असर नपर्ने गरी र नविगार्ने गरी महोत्सव सञ्चालन हुने व्यवस्थापन तथा अनुगमन उपसमितिका संयोजक अर्यालले उल्लेख गर्नुभयो । सातौं महोत्सव यही खेलमैदानमा सम्पन्न गरिसकेको र धेरैलाई पायक पनि पर्ने भएकाले यही ठाउँमा महोत्सव सञ्चालन गर्ने योजना बनाएर लागिएको हो । दायाँ बायाँ अथवा अन्य ठाउँमा महोत्सव भैदिए हुन्थ्यो भन्नु क्षेत्रीय हिसाबले स्वभाविक हुन आउँछ तर धेरैको पायक पर्ने भएकाले पनि यहीँ गर्ने योजना बनाइएको हो ।
वालिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहनुभएका अर्यालले हामीसँग कुरा गर्दै गाउँका मानिसहरुका उत्पादन महोत्सवको माध्यमबाट बजारीकरण होस् भन्ने महोत्सवको चाहना र उद्देश्य रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो—“कोरोना कहरका समय यता गाउँमा तुलनात्मकरुपमा उत्पादनमा वृद्धि भएको छ । तरकारी, फलफूल तथा मसलाजन्य उत्पादनको प्रवद्र्धनमा महोत्सवको महत्वपूणर् भूमिका रहने छ । किनभने स्थानीय उत्पादनका लागि निःशुल्क स्टल उपलव्ध हुनेछन् र महोत्सवमा आउनेहरुले पनि हाम्रै किसान व्यावसायीका उत्पादन उपभोग गर्ने अवसर मिल्ने छ । यसरी किसानहरुका उत्पादन विक्रि हुने सन्देश जाओस भन्ने हाम्रो चाहना हो, त्यो पूरा हुने विश्वास लिएका छौं ।”
विगतका महोत्सवहरुमा पनि कहिले पहिलो त कहिले दोस्रो जिम्मेवारीमा रहेर काम गरेको अनुभव छ । आर्थिक हिसाबले लक्ष्य अनुसार सतप्रतिशत काम हुन नसके पनि ५० प्रतिशत सफलता प्राप्त गरेका हौं । अहिलेको महोत्सवमा लक्ष्य पूरा हुनेमा विश्वस्त छौं । यसमा साठीदेखि सत्तरी लाख खर्च गरेर पनि ६० लाखसम्म बचत गर्नसक्ने विश्वास छ उहाँले भन्नुभयो ।

अर्यालका अनुसार महोत्सवको तयारी तीब्ररुपमा भैरहेको छ । उद्घाटन भन्दा अघिल्लो दिन १७ गतेसम्म तयारीका सम्पूणर् कामहरु हुनेगरी अगाडि बढेको छ । वास्तवमा अहिले आएर यो मैदानमा खेल खेल्नुका अलावा बिभिन्न सभाका कार्यक्रमहरु सञ्चालन गर्नेगरी टुँडिखेलकारुपमा राखिनुपर्छ भन्ने धेरैको चाहना भएको बुझिएको छ । यिनै कुराहरुलाई मध्येनजर गरेर पनि र दुवो लगाएको ठाउँमा कुनै असर नपुग्ने गरी नजिकै रहेका व्यक्तिका जग्गा भाडा लिएर महोत्सव सञ्चालन गरिने छ ।

ताजा

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal