दैनिक तीन घण्टा हिँडेर सेवा दिँदै वडाध्यक्ष

अमृतप्रसाद पौडेल 

म्याग्दी,१४ माघ- म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीका वडाध्यक्ष पदमबहादुर पुनले जनतालाई सेवा दिन दैनिक तीन घण्टा पैदल हिँड्ने गर्नुभएको छ । बिहानै उठ्यो गोठमा रहेका पशुको हेरचाह अनि बाख्रालाई घाँस काटेर ल्याएर थन्काएपछि भएका अरू काम गर्ने र खानापछि झन्डै डेढ घण्टा लगाएर वडा कार्यालय पुग्नुहुन्छ। अनि फर्कंदा पनि पैदलै डेढ घण्टाको यात्रा सकेर घरमा आइपुग्नुहुन्छ। 

अध्यक्ष पुनले जौ, मकै, कोदो, धानलगायतका बाली उत्पादन हुने आफ्नो सात रोपनी क्षेत्रफल बारीमा एक सय बोट किवी लगाउनुभएका उहाँको बिहान उठेपछिको दैनिकी पशुचौपायाको रेखदेख अनि किवीको गोडमेलसँगै अन्य घरायसी काममा बिताउनुहुन्छ। घरमा पालिएका २२ बाख्राका लागि घाँस काट्ने जिम्मा पनि उहाँकै छ। उहाँले भन्नुभयो, “म यहाँ हुँदासम्म बाख्रालाई घाँस काट्ने जिम्मा मेरै हो। म भइनँ भने बुढीले काट्ने हो।” 

स्थानीय तहको निर्वाचन २०७४ मा स्वतन्त्र उम्मेदवार भएर उहाँ विजयी हुनुभएको थियो। पुन २०७९ को निर्वाचनमा भने नेकपा माओवादी केन्द्रको तर्फबाट दोस्रो पटक अध्यक्षमा निर्वाचित हुनुभएको हो। शिक्षण पेसाबाट राजनीतिमा आउनुभएका उहाँले वडा कार्यालयमा पुग्नका लागि पैदल यात्रा गर्नुहुन्छ । बेनी नगरपालिका कृषि शाखा प्रमुख आकृति ढुङ्गानाले बेनीमा रहेका १० वटा वडामध्ये कृषिलाई प्राथमिकता दिनु पर्छ भन्ने सोच अध्यक्षको भएको चर्चा गर्नुभयो। 

कृषिमा आधुनिकीकरण र युवालाई देशमै रोक्न र उत्पादनको उचित बजारीकरणमा ध्यान दिनुपर्ने अध्यक्ष पुनको भनाइ छ। बेनी नगरपालिकाले आयोजना गरेको तीनदिने किवी खेतीसम्बन्धी तालिममा पनि उहाँ तीन दिनै सहभागी हुनुभएको थियो। उहाँले भन्नुभयो, “विदेश मेरो सोचभन्दा बाहिरको कुरा हो, त्यसैले मेरो ३२ वर्षको छोरो पनि मसँगै छ र उसका दुई छोरी र एक छोरासहित हामी सात जनाको परिवार खुसीसाथ यहीँ रहेका छौँ।गोप

ताजा

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal