फेदीखोला गाउँपालिकामा सबै विद्यार्थीको बैंक खाता

हिमलाल पराजुली
वालिङ,९माघ- फेदीखोला गाउँपालिकाले गाउँपालिकामा रहेका सबै विद्यार्थीको बैंकमा खाता खोल्ने अभियान सञ्चालन गरेको छ । “बचत गर्ने बानीको सुधार, बालबालिकाको सुनौलो भविष्यको आधार” भन्ने नाराका साथ गाउँपालिकाले सोमबारदेखि सो अभियानको सुरुवात गरेको हो ।
सानै उमेरदेखिको वित्तिय साक्षरताबारे विद्यार्थी र अभिभावकलाई जानकारी दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
विद्यार्थीलाई हातहातमा पैशा दिदा खर्च गर्ने बानी पर्ने भएकोले पैशा बचत गर्नुका साथै सहि सदुपयोग गर्नुपर्छ भन्ने कुराको सन्देश दिनुका साथै वित्तिय साक्षरता दिने योजना अनुसार गाउँपालिकाले नयाँ अभियान सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । अध्यक्ष सुवेदीले भन्नुभयो, “अब विद्यार्थीलाई विभिन्न स्रोतबाट आउने रकम हात हातमा नभई खातामा जम्मा गरिने छ, यो अभियानले विद्यार्थीलाई मात्रै नभएर अभिभावकहरुलाई समेत बचत गर्ने कार्यमा प्रेरणा मिल्नेछ ।”
बालबालिकाको हातहातमा पैशा दिदा उतिखेरै अनावश्यक ठाउँमा खर्चिने प्रबल सम्भावना हुने र बैंकीङ प्रणालीमा जाँदा विद्यार्थीको वित्तिय भविष्य उज्जवल हुने अध्यक्ष सुवेदीको भनाइरहेको छ ।

विद्यार्थीको बैंकमा खाता खोल्ने अभियानको वडा नम्बर २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयबाट शुभारम्भ गरिएको र यो अभियानलाई पालिकाको सबै वडामा सञ्चालन गरिनेछ ।
प्राइम कर्मसियल बैंकले प्रत्येक विद्यालयमा पुगेर कक्षा शिक्षकको सहभागितामा विद्यार्थीहरुको खाता खोल्ने शिक्षा, युवा तथा खेलकुद शाखाले जानकारी दिएको छ ।
गाउँपालिका,विद्यालय,संघसंस्था,अक्षयकोषदाता लगायतका विभिन्न स्रोतमार्फत आउने छात्रवृत्ति एवं सहयोग रकम खातामा जम्मा गर्दा बचत गर्ने बानीको विकास हुने र अभिभावकले गर्ने खर्चको केही अंश मात्रै भएपनि आफ्ना छोराछोरीको खातामा जम्मा गरिदिए त्यो रकम भविष्यमा उच्च शिक्षाको अध्ययनका लागि समेत सहयोगी हुने अध्यक्ष सुवेदीले बताउनुभयो ।
प्राइम कर्मसियल बैंकका प्रादेशिक प्रमुख सुर्यप्रसाद तिवारीले गाउँपालिकाले गरेको नमुना कार्यक्रमले विद्यार्थीको जीवनस्तरमा परिवर्तन ल्याउने बताउदै बैंकले विद्यार्थीको खातासँगै गाउँपालिकामा वित्तिय साझेदारीलाई पनि अगाडि बढाउने जानकारी दिनुभयो । पालिकाको यो अभियानले विद्यार्थीका साथै अभिभावकहरुलाई समेत उत्साहित बनाएको छ ।

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal