न्याय सम्पादनलाई छिटो छरितो बनाउन सरकार लागि परेकोछः कानून मन्त्री गुरुङ
वालिङ,१३ पुस- कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले न्याय सम्पादन कार्यलाई कसरी छिटो छरितो बनाउन सकिन्छ भनेर आफु लागि परेको बताउनुभएकोछ ।
भ्रष्टाचारको अन्त्य हुनुपर्छ भन्ने करामा आफुले बोल्दै आएको बताउदै एकपछि अर्को फाइल खोलेर सरकार भ्रष्टाचार अन्त्यको अभियानमा लागेको समेत बताउनुभयो । अनुसन्धान प्रक्रियालाई फितलो बनाएर दोषिलाई उन्मुक्ति दिने कार्य जायज नभएको बताउदै दोषि जोभएपनि सजाय पाउनुपर्ने मन्त्री गुरुङकाृ भनाइ थियो ।
नेपाल प्रेस युनियन स्याङ्जाद्वारा शुक्रबार वालिङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले सिद्धार्थ राजमार्ग विस्तार हुन नसके समग्र जिल्ला नै पछिपर्ने भएकाले राजमार्ग विस्तारलाई प्राथमिकता दिएर विस्तारको लागि आफुले विभिन्न दातृ निकायहरु संग कुरा गरेको बताउनुभयो ।
मन्त्री गुरुङल भन्नुभयो, “चुनावका बेला पाँच वर्षभित्रमा सिद्धार्थ राजमार्ग विस्तार गर्ने भनेर बोलेकै हो । बोलेको काम पूरा गर्नेतर्फ म प्रतिवद्ध छु ।”
वालिङलाई स्मार्ट सिटी बनाउने भन्ने उल्टै बजेट कटौती गरियो नि भन्ने पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै मन्त्री गुरुङले आगामी वर्ष बजेटको व्यवस्था गरिने बताउनुभयो । सडकको मात्र नभएर वालिङ नगरक्षेत्रकै बजेट कटौती भएको स्वीकार गर्दै आगामी वर्ष बजेटको ब्यवस्था गर्ने बताउनुभयोे ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















