राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधी पूर्णमृत भवानीलाई

वालिङ,८ पुस- वालिङ नगरपालिकाकाे आयोजनामा भएकाे प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधी पूर्णमृत भवानी माध्यमिक विद्यालयले जितेको छ । यहि पुस ४ गतेदेखि वालिङ १० मा रहेको बैडी स्थित औद्योगिक ग्राममा सञ्चालन भएको प्रतियोगितामा पूर्णामृतले ६ स्वर्ण पदकसहित प्रथम उपाधी जितन सफल भएकाे हो । पूर्णामृत माविले ६ स्वर्ण ५ रजत र २ काश्य पदक सहित प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उपाधि जितेको हो । प्रतियोगितामा लक्ष्मी माविले ६ स्वर्ण ४ रजत र ३ काश्य पदक सहित द्वितीय स्थान हासिल गरेको छ । त्यस्तै बालविद्या आवासीय माविले ५ स्वर्ण  ३ रजत र २ काश्य पदक सहित तृतीय स्थान हासिल गरेको छ । महेन्द्र माविले  ४ स्वर्ण र १ काश्य पदक सहित सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगितामा माझकोट माविले २ स्वर्ण,१ रजत र ३ काश्य पदक प्राप्त गर्दै पाँचौ स्थान प्रप्त गरेकाे छ भने नेपाल आदर्श आवासीय माविले १ स्वर्ण ४ रजत र ३ काश्य पदक सहित छैटाै स्थान प्राप्त गरेकाे छ। 

प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले विद्यार्थीहरुलाई खेलको माध्यमबाट नगर र राष्ट्रको नाम राख्ने गरी खेल्न आग्रह गर्नुभयो । नगर प्रमुख खाँणले खेल गतिविधिले आपसी भाइचाराको विकास,शारीरिक तन्दरुस्तीको साथै आफूभित्रको क्षमता पहिचान गर्न सकिने बताउनुभयो ।

समापन समारोहमा नगर उपप्रमुख कविता तिवारीले आगामी दिनहरुमा नगरपालिकाले प्रतियोगितात्मक कार्यक्रमहरु सञ्चालन गर्दै खेलाडीहरुलाई अनुभवको विकासमा टेवा पुग्ने खालका कार्यक्रमहरु गरिने बताउनुभयाे। पुस ४ गतेदेखि सुरु भएको प्रतियोगितामा एथ्लेटिक्स,कबड्डी,भलिबल, ज्याभलिन थ्रो,शटपुट थ्रो लगायतका खेलहरु सञ्चालन गरिएकाे थियाे।

ताजा

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal