अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्नुपर्छ : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना


वालिङ,२९ मङ्सिर–राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्नुपर्ने बताउनुभयो ।
कालीगण्डकी गाउँपालिकाद्वारा आयोजित पाँचौं अध्यक्ष कप कालीगण्डकी खेलकुद महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले नेपालले एसियन प्रतियोगिताहरुमा सहभागिता जनाईसकेकोले अब युरोपीयन प्रतियोगिताहरुमा समेत प्रतिस्पर्धा गर्न सक्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा नेपालको पहिचान तथा गरिमालाई उच्च राख्नका लागि खेल तथा खेलाडीहरुको महत्वपपूर्ण भुमिका रहेको उहाँले बताउनुभयो । व्यवसायिक रुपमा खेलाडीहरुको क्षमता विकासका लागि स्थानीय तह, प्रदेश तथा संघ सरकारले उत्तिकै योगदान गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ थियो ।
खेल क्षेत्रमा खेलाडीहरुको अनुशासन महत्वपूर्ण छ त्यसैगरी राजनीतिमा पनि राजनीतिक कर्मीहरु अनुशासन हुनुपर्ने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो.। अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “देशलाई सम्मुनत नेपाल बनाउन सुशासन र सामाजिक न्यायमा पहुँच आवश्यक छ । नेपाल आँफैमा आत्मनिर्भर हुनुपर्छ । नेपालले अन्य देशलाई सहयोग गर्न सक्ने सामथ्र्य राख्नुपर्छ ।”
कालीगण्डकी गाउँपालिकाले चौतर्फी विकास गरिहेको भन्दै यहाँ कृषि, शिक्षा, स्वास्थ्य, खेल लगायतका क्षेत्रमा पालिकाले सकरात्मक परिर्वतन ल्याईरहेको बताउनुभयो । साथै उहाँले यस्ता प्रतियोगिताले नै राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने उहाँले बताउनुभयो ।
कालीगण्डकी ७ मिर्मी स्थित खेलमैदानमा संचालन भएको खेलकुद महोत्सवमा २१ खेल खेलाईने कालीगण्डकी गाँउपालीकाका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो ।

यस वर्षको खेलकुद महोत्सवमा बुद्धिचालको विधा थप गरिएको थापाको भनाई छ । विगतको अध्यक्ष कपमा बुद्धीचाल खेलको माग आएपछि खेलाडीको आवश्यकतालाई मध्यनजर गर्दे यस पटक बुद्धीचाल खेल थप गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
महिला तथा पुरुष तर्फ भलिबल, फुटबल, एथलेटिक्स, व्यटमिन्टन, बुद्धीचाल र टेवल टेनिस गरी ६ विधामा खेलाईने र पुरुष तर्फ क्रिकेट गरी जम्मा सात विधा गरी २१ खेल खेलाइने छ ।खेल पुस १ गतेसम्म सञ्चालन हुने छ ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal